होटल ब्यावसायी संघ कञ्चनपुरको प्रशासन उपाध्यक्षमा भट्ट

कञ्चनपुर 
होटेल ब्यावसायी संघ कञ्चनपुरको प्रशासन उपाध्यक्षमा निवर्तमान संघका महासचिव शुशिल कुमार भट्ट निर्वाचित हुनुभएको छ । संघको १६ औँ अधिवेशन अन्तर्गत आज प्रशासन उपाध्यक्ष पदका लागी भएको निर्वाचनमा २२३ मत प्राप्त गर्दै भट्ट प्रशासन उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । संघका अन्य पदाधिकारीहरुमा सहमति जुटेपनि उक्त प्रशासन उपाध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया भएकोमा भट्ट निर्वाचित भएका छन् । संघका ४ सय ८ जना मतदाता रहेकोमा २ सय ८१ मत खसेको थियो ।

जसमध्ये, निर्वाचित उपाध्यक्ष भट्टले २२३ मत र उनका प्रतिस्पर्धी केशव सिंह धामिले ५१ मत प्राप्त गरे । यस्तै, ७ मत बदर भएका छन् । यूवा होटेल व्यावसायी भट्ट सामाजिक व्यक्तित्वको रुपमा चिनिनु हुन्छ भने उहाँ भृकुटी माध्यमिक विद्यालय कञ्चनपुर विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनु हुन्छ । नवनिर्वाचित प्रशासन उपाध्यक्ष भट्टले संक्षिप्त प्रतिक्रिया दिदैँ संघ संघका सदस्यहरुले दिएको जिम्मेवारीलाई पुरा गर्न आफू हरदम प्रयासरत रहने र आफूलाई जिताउन सहयोग गर्ने प्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘ महासचिवमा काम गरेको अनुभवलाई होटल व्यावसायी साथीहरुको हक र हितमा प्रशासन उपाध्यक्षको जिम्मेवारीबाट गर्ने छु ।’ उनी निर्वाचित भएसँगै सामाजिक सञ्जालमा बधाई तथा सफल कार्यकायको शुभकामना आईरहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds