आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको सम्पन्न

गौरीगंगा नगरपालिका कृषि शाखा द्धारा तालिममा सहभागीहरु लाई कृषि सामग्री हस्तान्तरण

कैलाली,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कैलालीको गौरिगंगा नगरपालिकाका २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिम प्रदान गरी एक समारोह बीच समापन गरिएकोे छ ।
तालिम समापन कार्यक्रमको अध्यक्षता निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्टले गर्न भएको थियो भने प्रमुख अतिथी गौरीगंगा नगरपालिका प्रमुख खगेन्द्र प्रसाद जोशी रहनु भएको थियो । भने स्वागत मन्तव्य निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले राख्नु भएको थियो।
कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने अहिलेको यो तालिमबाट धेरै कुरा सिकिएको तालिमका सहभागीहरु ले बताएका छन्। प्रमुख अतिथी तथा नगर प्रमुख जोशिले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।
तालिममा उपस्थित युवा वर्गलाई कृषक लाई आत्मा निर्भर बनाउनका लागि र सिकेका कुरालाई व्यबहारमा उतार्न सहज होस् भन्ने उद्देश्यका साथ गौरीगंगा नगरपालिका कृषि शाखले कृषि सामग्री हजारी ,स्पोट्यांकी र हाइबेर्ड बीउ समेत उपलब्ध गराएको परियोजना संयोजक विनोद कडाराले बताउनु भो। समापन कार्यक्रममा निड्स नेपालका पदाधिकारी सुजाता चौधरी को उपस्थिती रहेको थियो । भने कार्यक्रमको संचालन परियोजना संयोजक विनोद कडाराले गर्नु भएको थियो भने अहिले लाई उक्त तालिम वा कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ।

ताजा समाचार

This will close in 10 seconds