संसद विघटन बिरुद्धमा महेन्द्रनगरमा (दाहाल–नेपाल) पक्षका विद्यार्थीद्वारा राँके जुलुस

महेन्द्रनगर,

प्रतिनिधी सभा विघटन बिरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा (दाहाल–नेपाल) पक्षका विद्यार्थी विद्यार्थीले राँके जुलुस प्रर्दशन गरेका छन । सोमबार साँझ महेन्द्रनगरमा दाहाल–नेपाल पक्षीय अनेरास्ववियूले राँके जुलुस प्रर्दशन गरेको हो ।अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम प्रतिगमन भएकाले मसाल जुलुस प्रर्दशन गरिएको बताए ।

उनका अनुसार महेन्द्रनगर वजारको खुला मञ्चवाट शुरु भएको जुलुस वसपार्क चोकमा पुगेर विरोध सभामा परिणत थियोे । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले ओलीको कदम प्रतिगमन भएको बताए । विरोध सभामा वोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमनकारी कदम फिर्ता नहुंदासम्म युवा विद्यार्थीले सडक नछाड्ने वताए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरी, अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरी लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदम बिरुद्ध आन्दोलन जारी रहने चेतावनी दिएका छन । दाहाल-नेपाल पक्षधर नेताहरुले ओलीले सत्ताका लागि राजतन्त्र फैलाउने काम गरेको आरोप लगाएका छन । जनतामाथिको विश्वासघात गर्दै प्रतिगमको बिजारोपण गरेको समेत ठोकुवा गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds