महेन्द्रनगर

असहज परिस्थितिमा सबै पक्षसँग संयमित तथा संवेदनशील हुन शान्तिका लागि संवाद समूहले अपिल गरेको छ । आईतवार महेन्द्रनगरमा आयोजित शान्ति स्थापनाका लागि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ लगायतका संघ संस्थाहरुले सत्य, तथ्य सँगै सकारात्मक सन्देश प्रवाहित गर्न जिल्लावासीमा अग्रह गरेका हुन् । पत्रकारीता क्षेत्रबाट सम्प्रेषित हुने हरेक सूचना तथा समाचारजन्य सामग्रीहरुले समाजमा पत्यक्ष प्रभाव पार्ने र पछिल्लो विग्रीएको राजनैतिक परिवेशमा अझै सजक र सचेत भएर कलम चलाउनुपर्नेमा सबैको जोड रहेको छ ।


पत्रकार महासंघका अध्यक्ष विष्णु अवस्थीले समाजमा शान्ति निर्माण गर्न संचार क्षेत्रको अहम भूमिका रहने बताए । अध्यक्ष अवस्थीले मिडियाबाट निष्पक्ष ढंगबाट समाचार सम्पेषित हुनुपर्ने र समाजमा शान्ति निर्माण गर्न राजनैतिक विषम परिस्थितिमा बढेको उल्लेख गरे । कार्यक्रममा सहभागि सम्पूर्ण पत्रकारहरुले शान्ति स्थापनाका लागि आफ् आफ्नो क्षेत्रबाट काम गर्ने बचनबद्धता व्यक्त गरेका छन् ।

‘शान्ति निर्माण हाम्रो भूमिका, स्वतन्त्र र निष्पक्ष पत्रकारिता’ भन्ने सन्देश प्रवाहित गर्न सम्पूर्ण जिल्लास्थीत संचारकर्मीहरुमा आग्रह गर्नुका साथै आम नागरिक समाजलाई पनि भ्रामक समाचारका पछी नलाग्न र अतिरञ्जित हुनेका खालका नकारात्मक गतिविधिहरु नगर्न नगराउन हुन अनुरोध गरेका छन् ।






