बहिर्गमन अभिमतमा सेवाग्राहीहरुको अभिमत र सुझाव संकलन प्रतिवेदनमा छलफल

कञ्चनपुर ,
विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण सेवाग्राहीले भोग्नुपरेको समस्या र वडा कार्यालयले सुधार्नु पर्ने पक्षलाई सहयात्रा नेपाल कञ्चनपुरले बहिर्गमन अभिमतमा सेवाग्राहीहरुको अभिमत र सुझाव संकलन विवरण बहिर्गम प्रतिवेदन माथी छलफल गरिएको छ।
सहयात्रा नेपालले भिमदत्त नगरपालिका बार्ड नं १८ संग समन्वय र सहकारी गरि यु.एस.ए.आइ.डी.साझेदारी संङ्घियता सहयोग कार्यक्रम अन्तर्गत रचात्मक नागरिक संलग्नता प्रवर्द्धन गर्ने उदेश्यले सहयात्रा कञ्चनपुरले भिमदत्त नगरपालिका वडा नं.१८ मा गरिएको बहिर्गमन अभिमतमा सेवाग्राहीहरुको अभिमत र सुझाव संकलनको विवरण बहिर्गमन अभिमत प्रतिवेदन – २०२० लाई वडा कार्यलयका जनप्रतिनिधि, कर्मचारी र समन्यकर्ताहरु संग छलफल गरि बहिर्गमन अभिमत प्रतिबेदनमा उल्लेख भएका राम्रा तथा सुझावहरुलाई आत्मसाथ गर्दै आगामिदिनमा वडा कार्यालयले व्यवस्थापन गर्न सक्ने कामहरु व्यवस्थापन गर्ने सहयात्रा नेपाल र भिमदत्त नगरपालिका बार्ड – १८ विच सहमति भई कार्यक्रम सम्पन्न भएको छ ।छलफल कार्यक्रमको अध्यक्षता भीमदत्त नगरपालिका वडा नम्बर १८ का सदस्य नारद सुनार ले गर्नु भएको थियो । भने जस कार्यक्रमको सहिकरण यु.एस.ए.आइ.डी.साझेदारी संङ्घियता सहयोग कञ्चनपुर नागरिक संगलग्नता संयोजक देव राज बडुले गर्नु भएको थियो । कार्यक्रमको अभ्यक्षता वार्ड सदस्य नारद सुनार ले गर्नु भएको थियो। कार्यक्रम वडा सचिव ,महिला वडा सदस्य ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds