सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति साउदी अरबमा गठन

  • 71
    Shares

कञ्चनपुर

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ । ‘सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली’भने मुल नाराका साथै सुदुरपस्चिमेलीहरुलाई एक आपसमा जोडेर एक आपसमा परिचित गराउने उद्देश्यले भौगोलिक दृष्टिकोणले विशाल देश साउदी अरबलाई कर्मथलो बनाएर यत्रतत्र छरिएर बस्नु भएका हाम्रा सम्पूर्ण बुद्धिजीवी समाजसेवी तथा सु प समाज प्रति निष्ठावान नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सामाजिक चौतारी सुदुरपस्चिमेली समाज को तदर्थ समितिको गठन गरिएको हो।

भर्चुअलको माध्यमबाट भएको छलफलमा सुदूरपस्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय) समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका प्रचारप्रसार प्रमुख एवं द एसिया संयोजक दिनेश खड्का ‘खप्तडी’ सुदूरपस्चिमेली नेपाली समाज बहराइनका अध्यक्ष इन्द्र बहादुर बिष्टको विशेष सहभागितामा उक्त तदर्थ समिति गठन भएको हो। आ-आफ्नो जीवन स्तर र उज्ज्वल भविष्यको सपना बोक्दै र केहि आफ्नो जिवनमा परिवर्तन गर्नका लागि वैदेशिक रोजगार, शिक्षा,तथा व्यवसायी लगायत विभिन्न सिलसिलामा साउदी अरेबियामा बसोबास गर्दै आएका सुदूर पश्चिमेली नेपाली हरुको सामुहिक छलफल सँग सुदूरपश्चिमेली नेपाली समाजको छाता संगठनको रुपमा राष्ट्रिय तदर्थ समिति गठन गरिएको वरिष्ठ सल्लाहकारमा पदम महताले ई-सुदूर दर्पण डट कम लाई जानकारी दिएको छ। बिगत लामो समय देखि साउदी अरबमा रोजगारको सिलसिलामा कार्यरत खेमराज भट्ट, चक्र मल्ल ,पदम महता,जगदीश नाथ लगायतको समाज गठन गर्नमा महत्वपुर्ण भुमिका रहेको यस्तै विभिन्न संघ-संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सहयोग गर्दै आएका सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा न.१ घर भएका विगत ८ वर्ष देखि हाल साउदी अरब दमाममा कार्यको सिलसिलामा काम गर्दै आएका होनहार युवा समाजसेवी पदम महताको पनि त्यति नै ठुलो भुमिका रहनुका साथै उनी विदेशी भूमि साउदी अरबमा सामाजिक अभियान्ताका साथै थानेस्वोर भुसाल बचाउ अभियानका रुपमा निकै चिर परिचीत रहेका छन् ।

भूगोलका दृष्टिकोण बाट विशाल देश साउदी अरबमा हामी सुदुरपस्चिमेली हरुको संख्या न्यून रहेको भए पनि सबै सुदुरपचिमेली हरुलाइ एक आपसमा जोडेर समाजको निर्माणका निम्ति विशेष सहयोग गर्नु हुने साउदी अरेबिया लाई कर्मथलो बनाएर सामाजिक कार्यमा निरंतर योगदान गर्दै आइरहेका निडर र ईमानदार ब्याक्तित्व सुदुरपश्चिम डडेल्धुरा का खेम राज भट्ट को जिबनी आफैमा पिडादाइक भए पनि उहाँको समाज प्रतिको योगदान अतुलनीय छ। भट्ट साउदिको राजधानी रियाद मा अन्तर संस्था समन्वय समिती रियाद का प्रथम उपाध्यक्ष तथा सहयोगी नेपाली एकता समाजका संस्थापक अध्यक्ष पनि रहेका छन् भने आज उहाँ सुदुरपस्चिमेली नेपाली समाजका साउदी अरब का प्रमुख सल्लाहकार बन्नु भएका खेम राज भट्ट भन्छन् पुर्व मेचीदेखि पश्चिम् महाली सम्मका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुले समस्या भोगिरहेका बेला हाम्रो सुदुरपस्चिमेली नेपाली समाज साच्चिकै एउटा् उदाहरणीय समाज भएर दु:खी गरिब बेसाहारा परिवार हरुको सास फेर्ने सितल चौतारी बनाउने चाहाना व्यक्त गरेका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको सयोजकत्वमा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको सल्लाहकार । जस्मा महासचिव केशव सिंह,सचिवमा राजेन्द्र पन्त,सह-सचिव अर्जुन सिंह माल,आर्थिक विभाग प्रमुखमा राम बहादुर रोकाया,आर्थिक विभाग सह-प्रमुखमा, राम बहादुर बिष्ट,सदस्यहरु , दिपक बोगटी,पदम राज भट्ट,दिपक बहादुर सिंह, बिष्णु तमोली, टेक बहादुर बोगटी , रबिन राई ,जगदीश राम लुहार, हिक्मत ब. बोहरा,चेत राज भट्ट ,बिर बहादुर सार्की,रोहित पाली,जित ब.महरा दिपेन्द्र शाह , बसन्त बम,धनबहादुर नाथ,हरि ओझा,बाबु रिजाल, राम सिंह धामी, जनक राम लुहार गणेश रोकाय ,दिपक साउद , हुकुम क्षेत्री,लक्षमण नाथ, बलराम घिमिरे , पदम बोगटी , जनक गिरी , चक्र मल्ल,करन ओड,प्रेम गिरी, बसन्त भट्ट, भरत कुँवर, मदन राज सार्की, भुवन पार्की, सुरेश लुहार, मिलन लुहार, हुकुम क्षेत्री,प्रदीप नाथ, केशव सिंह धामी रहेका छन । यसै गरि सदस्यीय सल्लाहकार समिति गठन समेत गरिएको छ । जसमा प्रमुख सल्लाहकारमा खेमराज भट्ट,वरिष्ठ सल्लाहकारमा पदम महता,सल्लाहकार हरु चक्र मल्ल,गोपाल बोहरा,गोबिन्द सिंह बोहरा, बिष्णु बिष्ट रहेका छन । सुदूरपश्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय) समितिले साउदी अरेबियामा समाज स्थापना भएको खुशि ब्यक्त गर्दै सम्पूर्ण लाई बधाई सँगै समाज स्थापना गर्नमा निकै साथ सहयोग दिनु हुने सम्पुर्ण संघसंस्था लगायत लाई हार्दिक धन्यवाद ज्ञापन समेत व्यक्त गरेको समितिका वरिष्ठ सल्लाहकार महताले बताएका छन् ।

लामो समय को संघर्षबाट आज हाम्रो सुदुरपस्चिमेली नेपाली समाज साउदी अरब गठन भएको छ । जसमा सुदूरपश्चिमेलि नेपाली समाज साउदी अरब परिवार ले सबैको भलोहुने काम गर्ने समेत प्रतिबद्धताका साथ साउदी अरेबिया मा दु:ख कष्ट भोगिरहेका सुदुरपस्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुको शीतल छहारी बन्न सफल हुनेछ बन्ने छ भने सुदुरपस्चिमेली नेपाली समाजले स्वदेशमा पनि दुख कष्ट भोगिरहेका गरिब, निमुखा, बेसहारा जनताहरुको सहारा बन्ने छ।

  • 71
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ           बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार...

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या

बझाङ बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...