कञ्चनपुरको दक्षिणी क्षेत्रमा राजावादीको आज मोटरसाईकल ¥याली


कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा विभिन्न बहानामा देशका विभिन्न स्थानमा राजसंस्था पुर्नस्थापना र हिन्दुधर्मको माग अघि सारेर राजावादी समर्थकहरूले प्रदर्शन गरिरहेका बेला शनिबार कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा समेत राजावादीहरूले मोटरसाईकल ¥याली कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले शुक्रबार कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलनको आयोजना गरि वर्तमान ओली नेतृत्वको कम्यूनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएकोले जनताको चाहना अनुरुप मोटरसाईकल ¥याली आयोजना गरिन लागिएको जनाइएको छ ।
उक्त स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १ का संयोजक बिरेन्द्र बहादुर चन्दले मोटरसाईकल ¥यालीको सम्पूर्ण तयारी भइसकेको बताउनु भएको छ । दक्षिणी क्षेत्र बेलौरी देखि शुरु हुने मोटरसाईकल ¥याली पुनर्वास पुग्दै पुनः बेलौरी हुँदै बेलडाँडी र खैरिघाट हुँदै पुनः बेलौरीमा कोण सभा गरि समापन जानकारी दिनुभयो ।
राजपरिषदका सदस्य धिरज विक्रम सिंहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकोले परिर्वतनका लागि नागरिक स्वत: सडकमा आएको बताउनु भयो । आफुहरु कहिकतैबाट परिचालित नभई स्वत: सडकमा आएको उहाँको दाबी छ ।
विश्व हिन्दु महासंघका अध्यक्ष विष्णु बरालले सनातन हिन्दुधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भइरहेकोले हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रदर्शन भइरहेकोले यसलाई अनर्थ लगाउन नहुने उल्लेख गर्नुभयो ।
राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्दले नागरिकको चाहना अनुरुप कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रममा सहभागि हुन आह्वान गर्नुभएको छ । पछिल्लो केही समय यता राजावादी समर्थकहरूले कञ्चनपुर सहित देशका विभिन्न स्थानमा दैनिक प्रदर्शन गरिरहेका छन् ।

Loading Viewer...

ताजा समाचार

spot_img