डडेल्धुरा

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा जाँत सम्पन्न भएको छ । डडेल्धुराको सुन्दर नगरी अमरगढीमा अवस्थीत उग्रतारा भगवती मन्द्धिरमा हरेक वर्ष लाग्ने मेला यसपालि कारोना संक्रमणको जोखिमका बीच समापन भएको हो ।

उग्रतारा मेलामा सात पहाडी जिल्लाका साथै तराईका कैलाली र कंचनपुुरबाट समेत मान्छेहरु चहलपहल हुनुका साथै लाखौं दर्शनार्थी आउने गरेका भएतापनि यस वर्षको जाँतमा प्रशासनको निर्देशन र कोराना संक्रमणको त्रासका कारण भीडभाड अत्यन्तै कम रहेको बताईएको छ ।

उक्त मेला प्रत्येक वर्ष मंसिर चतुर्दशीमा रतेडी र त्यसको भोलीपल्ट पूर्णीमाको दिन दिशेडी भनेर लाग्ने गर्दछ । स्थानिय भाषामा देही जाँत भनिने उग्रतारा मेला सुदूरपश्चिममै प्रसिद्ध मानिने गर्दछ । े जाँत दर्शन गर्नाले सुख समृद्धि तथा मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।
