मन्त्री बोहराद्वारा बाणी–देखतभूली–कञ्ज–शंकरपुर–पचगडिया–वाईसेविचवा सडक संजालको शिलान्यास

कंचनपुर,

कंचनपुरकै ग्रामिण क्षेत्रका रुपमा रहेको लालझाँडी गाउँपालिका वर्षौपछि सडकसंजालीकरणमा जोडिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराले बाणी–देखतभूली–कञ्ज–शंकरपुर–पचगडिया–वाईसेविचवा सडक संजालको शिलान्यास गरेसँगै सडक संजालीकरणमा जोडिने भएको हो । मंगलवार लालझाँडी गाउँपालिका–४ मा आयोजित उक्त सडक निर्माण आयोजना शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले लालझाँडी अन्य पालिका भन्दा विकट रहेको तर अबको ३ बर्षभित्रै सडक संजालीकरण सँगै समृद्धिको यात्रा जोडिने बताउनुभएको छ । उहाँले केही अस्थीरताबादी देशी विदेशी तत्वहरुले विकास र स्थायित्व नचाँहेको भन्दै आफुुले पहाडको दुख लालझाँडीका नागरिकले भोगीरहेको महसुस गरेको उल्लेख गरे ।

तीनै तहका सरकार बीच विकास निर्माण र सुशासन प्रत्याभुती जनतालाई गराउन समन्वय, सहकार्य र साझेदारी हुनुपर्नेमा भौतिक पूर्वाधार मन्त्री बोहराले विशेष जोेड दिए । उहाँले प्रदेशको संरचना नयाँ भएपनि प्रदेशविकासको दिशामा उल्लेख्य काम गरिरहेको दावी गर्नुभयो । लालझाँडीमा सडक संजालीकरणले नयाँ अवसर र सम्भावनाको ढोका खुल्ने वताउँदै त्यसका लागी लालझाँडीबासीलाई अग्रीम बधाई दिदै उहाँले ३ वर्षको समयावधिभित्रै उक्त आयोजना सम्पन्न हुने गरि काम गर्न निर्देशन दिनुभएको छ । विकासमा स्थानिय सरकार र स्थानिय जनसमुदायबाट साथ सहयोग नभई विकास निर्माणले पूर्णता पाउँन नसक्ने वताउँनुभयो । पूर्वाधार विकास कार्यालय मार्फत लालझाडी गाँउपालिका ४ डाँगाजाई क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । यस्तै, कंचनपुर निर्वाचन क्षेत्र नम्बर ३ (क) प्रदेश सभा सदस्य तारालामा तामाङगले बर्षौदेखि लालझाँडीबासीले दुखको भारी बोकिरहेको बताउँदै आफूले निर्वाचनमा जनतालाई दिएका बाचाहरु पुरा गरेर छाड्ने वताउनुभयो ।

उक्त सडक आयोजनाको अनुमानित लागत रकम १० करोड १० लाख १७ हजार दुई सय पैतीस रुपैयारहेको छ भने मिति २०७७ असार ३० गते के.एस. कन्ट्रक्सन प्रा ली धनगढीसँग ६ करोड २ लाख २४ हजार दुई सय पन्ध्र रुपैयामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले मिति २०८० असार २९ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरेको छ । उक्त सडक निर्माण भएसँगै लालझाँडीका १८ हजार बढी नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएका छन् । लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले लालझाँडी गाउँपालिकालाई विगतका जनप्रनिधिहरुबाट विकासमा उपेक्षित हुदैआएको उल्लेख गर्दै स्थानिय सरकार आएपछि आफूहरुले क्रमिक रुपमा स्रोत साधनले भ्याएसम्म काम गरिरहेको बताउनुभयो । लालझाँडीका बासीलाई निर्वाचनका बेला आश्वसन सबै बाडे पनि पछि बिर्सेर गएको गुनासो गरे । सुदूर पहाडको भन्दा पनि व्यापक पिडा र सास्ती लालझाँडीबासी भोग्दै आएको र यसको निदानका लागी तीनै तहका सरकारबीच समझदारी र सहकार्य हुन आवश्य रहेको वताउनुभएको छ । विकास एकैपक्षबाट पूर्ण नहुने तर्क गर्दै उहाँले लालझाँडीमा वर्षौदेखि नदी कटानी प्रमुख समस्याका रुपमा रहेको जानकारी दिए ।

स्थानिय सरकारले वडा वडामा सडक निर्माण गर्नुका साथै स्वास्थ्य चौकीका भवन सबै वडामा बनाइएकोले लालझाँडीको विकास र समृद्धि गर्न आफूहरु कटिबद्ध भएर लागेको वताए । केन्द्र र प्रदेशले हेरिदिए सडक संजाल र निर्माधीन तीन पुलको निर्माण सम्पन्न मात्रै भएपनि लालझाँडी गाउँपालिका उत्पादन र समृद्धिको अग्रपंथीमा पुग्ने भनाई उहाँको थियो । निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न अध्यक्ष वडायकको अनुरोध छ । स्थानिय नागरिक सडक निर्माण हुने भएपछि खुसी भएका छन् । सदमुकाम र राजमार्गसँग प्रत्यक्ष सडक सम्बन्धले स्थानिय उत्पादन र उत्पादकत्वमा वृद्धि हुने आशा यहाँको जनसमुदायले सँगालेको छ ।

ताजा समाचार

This will close in 10 seconds