भारतीय जंगलमा नेपालीको हत्या

कञ्चनपुर

भारतीय जंगलमा कञ्चनपुरको पूनर्वास नगरपालिका एक नेपाली युवकको हत्या भएको छ । बुधबार घरदेखि हिडेका पूनर्वास नगरपालिका ५ उदरीका स्थानीय युवा शिवलाल रानाको हत्या भएको हो । उनको छातीमा गहिरो चोट लागेको छ । उनीमाथि गोली प्रहार भएको स्थानीय बताउँछन । तर प्रहरीले यसलाई पुष्टी गरेको छैन् । स्थानीय मनिरा चौधरीले घटनाको प्रकृति हेर्दा उनको गोली हानेर हत्या भएको बताए । ‘छातितिर सानो प्वाल छ, ‘उनले भने, ‘पछाडीतिर ठूलो प्वाल देखियो, यो घटनाको प्रकृति हेर्दा गोली नै लागेर हत्या भएको जस्तो छ ।

’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बिहीबार राना भारतीय जंगलमा मृत फेला परेको बताए । ‘राना मृत फेला परेको खबर आएको छ, ‘उनले भने, ‘हाम्रो टोली र भारतीय प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।’ घटनाको कारण नखुलेको बताउदै प्रवक्ता थापाले अनुसन्धान भईरहेको बताए । ‘घटना हाम्रो भूमिमा होईन, ‘उनले भने, ‘भारतीय भूमिमा भएको हो, ‘परिवारले प्रहरीलाई गरेको खबरको आधारमा प्रहरी घटना स्थल पुगेको छ ।’ गोली नै चलाएको भए कसले वा किन चलाएको भन्ने बारेमा एकिन नभएको प्रवक्ता थापाले बताए । स्थानीयले घटनाका कारण पत्ता लगाउनुपर्ने माग अघि सारेका छन् ।

ताजा समाचार