नागरिक अभियान कञ्चनपुरको अध्यक्षमा आग्री

कञ्चनपुर,
 नेपाल नागरिक अभियान कञ्चनपुरको अध्यक्षमा दिवान सिह आग्री चयन भएका छन । राष्ट्र, राष्ट्रियता, सनातन हिन्दुधर्मवान व्यक्तित्वको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको भेलामा नागरिक अभियान कञ्चनपुरको अध्यक्षमा आग्री चयन भएका हुन ।
बरिष्ठ उपाध्यक्ष मान ब. सिह, उपाध्यक्ष नरेन्द्र सिह साउद, कोषाध्यक्ष आशादेवी सुनार, सचिव डम्बर सिह भण्डारी, सह सचिव गणेश दत्त जोशी चयन भएका छन । भने सदस्यमा पदम सिह, भक्त ब. सिह, सुरेन्द्र कुमार भण्डारी, दिपेन्द्र रावल, ललित खत्री, लक्ष्मण सुनार, प्रेम ब. जैगडी, राजेन्द्र कुमार आग्री, बिरेन्द्र खाती, गजेन्द्र नारायण चौधरी, राजेन्द्र विष्ट, खगेन्द्र भट्ट चयन भएका छन । सल्लाहकार तर्फ नागरिक बुद्धिजिवी बलदेव अवस्थी, बल ब. महता, लोकराज जोशी, सुरज आग्री, दिर्घ ब. भण्डारी, पदम ब. सिह, हर्क कुँवर रहेका छन ।
नेपाल नागरिक अभियान कञ्चनपुरको अध्यक्षमा दिवान सिह आग्रीले राष्ट्रियता रक्षाका लागि जनआन्दोलन गरिने बताए । पछिल्ला दिनमा नेपालको राष्ट्रियता कमजोर वैदेशिक हस्तक्षेप बढेकाले त्यसलाई रोक्नका लागि नागरिक अभियान आवश्यक रहेको औल्याए ।

ताजा समाचार