दोधारा चाँदनीमा नेकपाको शुभकामना आदान प्रदान कार्यक्रममा ५५ जना प्रबेश

दोधारा 

माहाकाली नगरपालिकामा सत्तारुढ दल नेकपामा ५५ बढी पार्टी प्रबेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माहाकालीले नेपाली काग्रेंस सहित बिभिन्न पार्टी परित्याग गरि ३ सय बढी पार्टी कार्यकर्ता पार्टी प्रबेश गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिएका छन् । आज नेकपाले माहाकाली नगरपालिका वडा नं. ७ को संसारी टोल र वडा नं. ९ अम्बिका माध्यमिक बिद्यालयमा नेकपा माहाकालीले चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

उनिहरुलाई कञ्चनपुर क्षेत्र नं. ३ का सांसद दिपक प्रकाश भट्ट र प्रदेश सभा सांसद मान बहादुर सुनारले अबिर, माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रबेशमा युवाहरुको जमात घुईचो लाग्न थालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुले बताएका छन् । पार्टी प्रबेश गर्दै युवा कार्यकर्ताहरुले पार्टी र जनताको हित हुने काममा लागी आफु कटिबद्ध रहने बताएका छन् । कार्यक्रममा नेपाली काग्रेंस परित्याग गरि भक्त बहादुर रावतको पुरै परिवार नेकपामा प्रबेश गरेका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ का सांसद दिपक प्रकाश भट्टले युवा जमातको पार्टी प्रबेशले कार्यक्रममा उत्साह जागेको बताउदै युवाहरुको काँधमा गाँउ टोलको बिकास गर्ने जिम्मेवारी आएको बताएका छन् । नवप्रबेशिका युवा कार्यकर्ताहरुले कार्यक्रममा आ–आफ्नो भनाई समेत राखेका थिए ।

ताजा समाचार