डोकेबजारमा भद्रगोल पार्किङ र बढ्दो दुर्घटना

 पुनर्वासؘ

सवारी साधनको अब्यबस्थित पार्किङ र बढ्दै गएको चापले कञ्चनपुरको डोकेबजारमा दिनप्रतिदिन ट्राफिक ब्यबस्थापनमा समस्या बढ्दै गएको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार र धनगढी जोड्ने मुख्य सडकमा सवारी साधानहरुको बढ्दो चाप र जथाभाबी पार्किङका कारण ट्राफिक ब्यबस्थापनमा समस्या बढ्दै गएको हो । साँघुरो सडक, अब्यबस्थित ट्राफिक ब्यबस्था र सवारीसाधनको चाप दिन–प्रतिदिन बढ्न थालेपछि अहिले पुनर्वासको डोकेबजार, कैलालीको धनगढी र गौरीफण्टा नाका जोड्ने यो मुख्य सडकखण्ड दुर्घटनाग्रष्त बन्दै गएको छ ।

यस सडकखण्डमा प्रत्येक दिन हजारौं यात्रुहरुको घुईंचो लाग्ने भएपनि ट्राफिक ब्यबस्थापनमा भने ट्राफिकले चाँसो नदिएको स्थानीयको गुनासो छ । ट्राफिक प्रहरी एक कुनामा मात्र बस्ने तर बजार क्षेत्रमा नजाने भएका कारण बजारमा जथाभावी रोकिने सवारी साधनहरुले जाम र दुर्घटनाको समस्या निम्त्याउने गरेको स्थानीयले बताए । धनगढीबाट पुनर्वास यात्रा गरिरहेका पुनर्वास नगरपालिका–१ का मोटरसाइकल चालक हिरामान चौधरीले भने “आफ्नो साइडमा छु भनेर ढुक्क हुनसकिदैन, बाटो पनि साँघुरो त्यसमाथि रोडमै जथाभाबी पार्किङ गरिदिनाले यो क्षेत्र यात्राको लागि ब्ल्याक स्पट भएको छ ।”

बेलौरीबाट धनगढी हिडिरहेका अर्का मोटरसाइकल चालक रामेश्वर अधिकारीको अनुभव पनि उस्तै छ । “कञ्चनपुरको दक्षिण क्षेत्रमै डोकेबजार सबैभन्दा ब्यस्त सडक हो तर ब्यस्तता अनुसार ट्राफिक ब्यबस्थापन अलिकति पनि हुनसकेको छैन, पुनर्वासको एकान्त मा चाहीँ ट्राफिक प्रहरीको उपस्थिति देख्छु तर यहाँ हुँदैन, अनि कहाँबाट हुन्छ ट्राफिक ब्यबस्थापन ?” डोकेबजार क्षेत्रमा बेलैमा ट्राफिक ब्यबस्थापन हुन नसके सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई रोक्न नसकिने स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय यस क्षेत्रमा सवारी साधानका कारण दुर्घटनामा बृद्धि भइरहे पनि ट्राफिक प्रहरीले कुनै चासो नदिएको जनगुनासो बढ्दै गएको छ । गत वर्ष पुनर्वास नगरपालिका वडा नम्बर ११ का ६५ वर्षीय कान्छा सुनारको ट्रकको ठक्करबाट मृत्यु भएको थियो भने सोही सडकखण्डमा २०७५ पौष २ गते राती सोही ठाउँकै २९ वर्षीय भीमसिंह ठकुरीलाई रिक्साले ठक्कर दिंदा घटनास्थलमै उनको मृत्यु भएको थियो । अहिलेसम्म गम्भीर बाहेकका सामान्य दुर्घटना भएका घटनाहरुको कुनै लेखा जोखा नै नभएको स्थानीयको आरोप छ ।

ताजा समाचार

This will close in 10 seconds