कञ्चनपुर ,
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
हिन्दुराष्ट्रको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा हिन्दुवादी सर्मथकहरुले प्रर्दशन गरिएका छन । मंगलबार राष्ट्रिय सरोकार मञ्च नेपालले महेन्द्रनगरमा हिन्दुराष्ट्रको माग अघि सारेर प्रर्दशन गरेको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
सनातन हिन्दुधर्म संकटमा परेको भन्दै हिन्दुराष्ट्रका लागि प्रर्दशन गरिएको राष्ट्रिय सरोकार मञ्च नेपालले जनाएको छ । राष्ट्रिय सरोकार मञ्च कञ्चनपुरका सयोजक धनी चन्दले धर्मनिरपेक्षता कायम भएपछि धको किनबेच भईरहेकाले धर्मान्तर रोक्दै हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
हिन्दुवादी सर्मथकले ‘जय देव जय नरेश अर्थात राजाको पक्षमा समेत नाराबाजी गरेका थिए । उनीहरुले शिबमन्दिर क्षेत्रबाट बजारमा प्रर्दशन गरिएका थिए । नेपाल र हिन्दुवादीको झण्डा सहित प्रर्दशन गरेका थिए । हिन्दुवादी अभियन्ता कृष्णानन्द भट्टले विश्वकै एकमात्र शान्त हिन्दु राष्ट्रलाई धर्मनिरपेक्षता गरेपछि अशान्ति मच्चिएकाले हिन्दुराज्यको माग अघि सारिएको बताए । देशका विभिन्न स्थानमा हिन्दुवादी सर्मथकहरुले आन्दोलन थालिरहेकै बेला कञ्चनपुरमा समेत प्रर्दशन गरिएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)