दोधारा चाँदनीको एक घरमा आगलागी हुदा लाखौंको क्षती

दोधारा 

माहाकाली नगरपालिकाको एक घर सहित पसलमा आगलागी हुदा लाखौंको क्षती भएको छ् । माहाकाली नगरपालिका वडा नं. १० सुर्खेती टोल निवासी टेकेन्द्र रावलको पक्की ४ कोठे घर सहित पसलमा गएराती आगलागी हुदा झण्डै रु. ३६ लाख भन्दा बढीको धनमाल क्षती भएको स्थानियहरुले जनाएका छन् ।

पसलमा भएको समान सहित घरका भाडाकुडा, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको बताईएको छ् । अचानक पसलबाट सल्केको आगोलाई राती २ बजे देखेपछि स्थानियहरु आगो निभाउन लागेका थिए । २ बजे लागेको आगो बिहान ४ बजे मात्र नियन्त्रणमा आएको स्थानियहरुले बताएका छन् ।

कसरी आगो लाग्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ् । आगो लागेको खबर पाएपछि नेपाली प्रहरी, सशस्त्र प्रहरी र दमकल आगलागी भएकोमा स्थानमा पुगेको थियो ।

ताजा समाचार