दोदा पुलमै केन्द्रित ट्राफिक प्रहरी,अन्य क्षेत्रमा सवारी चालकको मनपरी

पुनर्वास

कंचनपुरको पुनर्वासमा से.६ प. ७८७५ नम्बरको मोटरसाइकलले से.४ प. ६१०४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाईते भएका छन् । शनिबार दिउसो करिब १ बजेको समयमा पुनर्वास नगरपालिका-३ आई.बि.आर.डी. को सहिद गेट नजिक मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा स्कुटर चालक पुनर्वास नगरपालिका-२ दशरथबस्तीको १९ वर्षिय शिव बहादुर मगर रहेको र ठक्कर दिने मोटरसाइकल छोडेर चालक भने फरार रहेको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी. का प्रहरी सहायक निरीक्षक दान बहादुर साउदले बताए ।

प्रहरी सहायक निरीक्षक साउदका अनुसार फरार मोटरसाइकल चालकको पहिचान खुलेको छैन भने मोटरसाइकल नम्बरी हो होईन भन्ने पनि खुल्न नसकेको बताए । बजार क्षेत्रमा नियमित ट्राफिक चेकजाँच नहुदा दैनिकै सामान्य खाले दुर्घटना हुदै आएको कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारले बताए । बजारमा बिना हेल्मेट ,चार/पाँच जना सम्म सवार भएर उच्च गतिमा मोटरसाइकल चलाउदा पनि कार्वाही गर्ने निकायको ध्यानाकर्षण नहुदा यस्ता दुर्घटनाहरु घट्ने गरेको अध्यक्ष सुनारले बताए ।

अध्यक्ष सुनारका अनुसार पुनर्वासमा जुनै ट्राफिक प्रहरी आएपनि बजार क्षेत्रलाई वेवास्ता गर्दै दोदा पुलमा मात्रै केन्द्रित रहने गरेको बताउँदै अन्य ठाउँमा सवारी चालकको मनपरि देखिएको र आगामी दिनमा बजार क्षेत्रलाई लक्षित गरि सवारी चेकजाँचमा कडाइ गरिनुपर्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds