समाजसेवी जोशीले जन्मदिनको अवसरमा खुवाए अनाथहरुलाई खाना

कंचनपुर
यूवा समाजसेवी धर्मराज जोशीले जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई भोजन खुवाएका छन् । भीमदत्तनगरपालिका ७ हल्दुखालका समाजसेवी जोशीले ३२ औं जन्मदिनमा माहाकाली अनाथालय कंचनपुरका बालबालिकाहरुलाई भोजन ग्रहण गराएका हुन् ।

अश्मीकेदार दोगडा राईस मिल भी.न.पा.- ७ का संचालक समेत रहेका जोशीले मानवीय सेवा भावबाट उत्प्रेरित भई अनाथ बालबालिकाहरुलाई भोजन गराउन पाउँदा आफूलाइ आत्मसन्तुष्टिको अनुभूति हुनुका साथै खुसी लागेकोे वताए । यूवासमाज सेवी जोशीले गत वर्ष बैजनाथधाम जेष्ठनागरिक सेवा केन्द्रमै गएर फलफुल वितरण गरेको वताए ।
जाँडरक्सी खाएर अनाबश्यक खर्च गर्नु भन्दा समाजमा सकारात्मक सन्देश तथा कसैको कल्याण हुने कर्म गर्नु उचित हुने जोशीको भनाई छ ।

उक्त अनाथालयमा रहेका बाह् जना बालबालिकाहरुलाई जोशीले मिष्ठान्न भोजन खुवाएका छन् ।
पछिल्लो समय अनाथालय र बृद्धाश्रममा गएर जन्मदिन मनाउनेहरु बढ्दै गएकाले असाहायहरुलाई अलिकति भएतापनि राहत पुग्ने देखिन्छ ।

ताजा समाचार