नेविसंघका यूवा नेता जोशी राजनितिसँगै कटेज व्यवसायमा

कंचनपुर
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कंचनपुरका जिल्ला नेता पारसमणि जोशी व्यवसायीक कृषि सँगै होटल व्यवसायमा जुटेका छन् । कोरा राजनितिले मात्रै समाजमा आर्थिक समुन्नति ल्याउन नसक्ने ठहर गर्दै नेता जोशीले आफ्नै नर्सरी बेदकोट नगरपालिका वार्ड नं २ मा कन्ट्री साईड कटेज संचालनमा ल्याएका हुन् । जोशीले बसन्तथला आफ्नै नर्सरीमा कटेज संचालनमा ल्याएका छन् । कार्तिक १ मा नगर प्रमुख अशोक कुमार चन्दले उद्घाटन गरेका थिए । राजनिति सँगै यूवाहरु आत्मनिर्भरताको बाटो रोजेकोमा जोशीलाई धन्यवाद दिएका थिए।

राजनितिसँगैआत्मनिर्भर बन्नका लागि कटेज व्यवसायको सुरुवात गरेको विद्यार्थी नेता जोशीले वताए । व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत जोशीले बहुउपयोग गर्नका लागी कटेज व्यवसाय छनौट गरेको बताए । ‘खाली जमिनको उपयोग गर्न र आत्मनिर्भर हुनका लागी व्यवसाय गरेको हु,नेता जोशीले थपे,पैसा कमाउने मात्रै उद्देश्य होईन,यूवाहरुलाई सकारात्मक सन्देश समेत दिन खोजे हु’ उनका बाबुले न्यू बाईसधारा गाईभैंसी पालन फर्म संचालनले गरिरहेका छन् । त्यही फर्म मार्फत अवलोकन भ्रमणमा गत वर्ष मात्रै कतार पुगेका थिए। ‘हामीसँग र्फम पनि छ,फर्म र कटेज व्यवसायलाई सँगसँगै लैजाने योजना छ’ जोशीले भने ।

पोखरी, स्वमिङ पुल लगायतका अन्य संरचना निर्माण छिट्टै गर्ने र माछापालन व्यवसाय निकट भविष्यमा गर्ने जोशीले बताए । उनले कटेजसँगै व्यवसायीक कागती खेती गर्ने उद्देश्य लिएको र जसका लागि कागती उत्पादन व्यवसायीक रुपमा सफल भएका रौतहट,भैरवा तर्फ अवलोकन भ्रमणमा जान लागेको सुनाए । कटेजमा अभिभावकको अनुमतिबिना १८ वर्षमूनीमा किशोरकिशोरीलाई प्रवेश निषेधित गरिने उल्लेख गर्दै जोशीले पैसाकै लागी बानी विर्गान नहुने जिकिर गरे । उत्पादन र व्यवसायतर्फ अग्रसर हुन थालेपछि उनका शुभेच्छुक शुभचिन्तकहरुले बधाई तथा शुभकामना यतिबेला दिईरहेका छन् । ‘‘गफ मात्रै गरेर देश बन्दैन्,देश बनाउन प्रत्येक यूवाशक्ति आत्मनिर्भरताको बाटोमा डोरिनुपर्छ, ‘राज्यले पनि यूवाहरुलाई व्यवसाय संचालन गर्न सहजीकरण र वातावरण निर्माण गर्नुसक्नुपर्छ’’ जोशीले भने ।

ताजा समाचार