कञ्चनपुर की बेलुलिदेवी बोहरा लाई ब्लड क्यान्सर, सहयोगको लागी अपिल

राजेन्द्र बिष्ट /कञ्चनपुर

यो संसारमा मानवरुपी प्राणिले जन्मी सके पछी मृत्युवरण अनिवार्य गर्नु पर्छ , यो निश्चित छ र ध्रुव सत्य कुरा पनी हो । जव मान्छे जन्म लिन्छ अन्य प्राणि भन्दा केहि विवेकशील भएर जन्मिन्छ र तहि अनुरुपको व्यवहार पनी देखाउछ । केही महत्वाकांछी भावना त केहि गर्ने रहरले मान्छेको जिवन प्रतिको तृष्णा अलि बढाई दिन्छ । मान्छे चेतनसील प्राणि भएकै कारण उसका ईच्छा र आकांक्षाहरु स्वभाविक रुपमा अरु भन्दा बढी नै हुन्छन ।

मान्छे जन्मी सके पछी विभिन्न कामहरु गर्न चाहन्छ, केहि आफ्नो लागि त केहि परिवार र समाजका लागि वाच्न चाहन्छ तर कहिले काहि यही मनोकांक्षा र मान्छेका सपनाहरु अकस्मात टुट्ने अवस्था सृजना हुदा अथाह पिडा भई दिन्छ । स्वभाविक रुपमा उसको परिवार र उसका चाहने वालाहरुका लागि त्यो क्षण नराम्रो संग पिडादायी बनि दिन्छ । यस्तै भावनात्मक तितो यथार्थ भोग्न बाध्य छन कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ का हरीस बोहरा । चार वर्ष अघि संगै जिउने संगै मर्ने कसम खाएर सिउदो भरेर भित्र्याईएकी श्रीमति ब्लड क्यान्सर बाट ग्रस्त भए पछी उनको दैनीकी मृत्यु शइयामा छटपटाईरहेकी जिवन संगिनी संगै सिभिल अस्पताल,नयाँ बानेश्वरको २४० नम्बर बेडमा वितिरहेको छ ।

भारतमा मजदुरी गरेर परिवारको पेट पाल्दै आएका गरिव परिवारका बोहरा आधापेट खाएर भए पनी श्रीमति लाई सन्चो होला भन्ने आशामा अस्पताल लाई नै आफ्नो कर्मथलो सोच्दै दिन काटी रहेका छन । श्रीमती बेलुलीकुमारी धामी बोहरा २२ वर्षकै कलीलो उमरमा जीवनमरणको दोसाँधमा छट्पटाइरहेका बेला अथाह पिडा भइरहेका श्रीमान आर्थीक अवस्थाले समेत उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन । शुरुका दिनमा सामान्य टाउको दुखाई बाट शुरु भएको श्रीमति लाई कचनपुरको महाकाली अस्पताल, कैलालीको सेति अस्पताल र नेपालगञ्ज मेडिकल कलेज हुदै काठमाण्डौको सिभिल अस्पताल पुग्दा सम्म ऋणको भारी बोक्दै करिब सात लाख रूपैयाँ खर्च भइसकेको थियो तर उनको अवस्था भने जस्ताको त्यस्त्यै थियो ।

श्रीमति बिरामी भएकै कारण आमाको ममता बाट सात महिनाकी छोरी समेत टाढा रहेकी छिन । घरमा बुढा आमा बुवा लाई सात महिने छोरीको पालन पोषणको जिम्मा लगाएर रात दिन श्रीमतिको स्याहारमा लागेका बोहराले आर्थीक अवस्थाले उपचार संम्भव नभएका कारण सबै सित सहयोगको अपिल समेत गरेका छन । नेपालगञ्ज शिक्षण अस्पतालले सिभिल हस्पिटल रिफर गरेपछि श्रीमतिलाई ‘ब्लड क्यान्सर’ भएको थाहा पाएका बोहराले मुटु बलियो बनाउँदै जसरी भए पनि श्रीमतीको उपचार गरेरै छोड्ने अठोट त गरेका छन तर आर्थिक अवस्थाका कारण उनको सपना पुरा हुन्छ या हुदैन भन्नेमा उनी चिन्तित छन ।

गत भाद्र ११ गते बाट सिभिल अस्पताललाई नै आफ्नो दैनीकी बनाउदै आएका बोहराको घर जग्गा वेचेर पनी उपचार गर्न सक्ने अवस्था नहुदा सहयोगका लागी अपिल गरेका छन । “भारतमा मजदुरी गरेर परिवार पाल्दै आएको थिए, ऋण निकालेर श्रीमतिको उपचारमा सात लाख खर्च भई सक्यो, उनले भने ‘जसरी पनी मेरी श्रीमति लाई वचाई दिनुस, ।” “अहिलेसम्म जेनतेन गरेर औषधि चलाएको छु , अब त मुस्किल नै भइसक्यो बोहराले भने खातामा पनि एक हजारभन्दा बढी पैसा छैन, डाक्टरहरुले पैसा मागिरहेका छन तर म असमर्थ छु श्रीमति लाई कसरी बचाउ । ”

सहयोग गर्न चाहने व्यक्तीले नेपाल एस.वि.आइ.लिमिटेडमा रहेको उनको खातामा जम्मा गर्न सक्नु हुने छ ।
नाम : हरीस बोहरा
खाता नंं. : २२११५२४१४१६४०७
सम्पर्क नं. : ९८६५९१७८८९

ताजा समाचार

This will close in 10 seconds