बहाई धर्मका संस्थापक बाब र बहाउल्लाहको जन्मोत्सव भव्यतासाथ मनाइयो

कंचनपुर
बहाई धर्मावलम्बीहरुले बहाई धर्मका संस्थापक बाबको २०१ औ र बहाउल्लाहको २०३ औ जन्मोत्सव कंचनपुरमा विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाएका छन। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा मोतिबस्ती अमरैया स्थानीय आध्यात्मिक सभाको आयोजना बिबिध कार्यक्रमसहित भव्यताका साथ जन्मोत्सव मनाएको छ।
कार्यक्रममा सभाका सभापती हेमन्त प्रकाश बुढाले सबैलाई स्वागत गर्नुभएको थियो भने सहायक मण्डल सदस्य यम प्रसाद आचार्यले बाबको जीवनी बताउदै बाब नै त्यो ब्यक्ति हुनुहुन्थ्यो जसको भबिस्यबाणी सबै धर्मग्रन्थमा गरिएको थियो भनेर जानकारी गराउनु भएको थियो।
साथै उहाँले बाब धर्मको नयाँ चक्रको द्दार हुनुहुन्थ्यो र उहाँले यस युगको नयाँ अवतार बहाउल्लाहको आगमनको लागि सम्पुर्ण मानवजातिलाई अग्रदुतको रुपमा तयार गर्नुभएको थियो । उहाँले २० अक्टोबर १८४४ मा आफुलाई यस युगको अवतारको रुपमा घोषण गर्नु भएको थियो । बाबको शिक्षाको प्रभावले कम्पित इरानका सबै सम्राट र पादरीहरुले उहाँको शिक्षालाई दबाउन बिशौ हजार बाबीहरुलाई निर्ममता पुर्बक मार्नुका साथै बाब स्वयम् लाई ७५० जनाको सैनिकको टुकडीले एकैपटक मृत्युदन्ड दिईएको थियो। र बाबले भभिष्यवणी गरेअनुसार बहाउल्लाहले २१ अप्रिल सन १८६३मा आफुलाई यस युगको प्रतिज्ञप्त अवतारको रुपमा घोषणा गर्नुभएको थियो ।
तर जसरी पुर्व ईश्वरका अवतारहरुले मानजातीको लागि दुख कष्ट उठाए त्यसरि नै बहाउल्लाहले आफ्नो जिवनभरि दुख र कष्ट उठाउनु भएको थियो। उँहाको आगमनले र उहाँको शिक्षाको बेजोड प्रभावले त्रसित अटोमन सम्राटहरुले बहाउल्लाह को सबै जायजेथा जफत गर्नुको साथै उँहा र उहाँको सम्पुर्ण परिवारलाई संसारका विभिन्न ठाउँमा देश निकाला गर्नुको साथै ४० बर्ष सम्म जेल हालको थियो । बहाईहरुले ईश्वर एक हुन , सम्पुर्ण धर्महरु एउटै ईश्वरबाट आएका हुन र सम्पुर्ण मानवजाती एक हुन भन्ने सिद्धान्त अनुसार बहाईहरुले कामगरिरहेकोले यसले समुदायमा शान्ति , सद्भभाव र एकता स्थापना गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्न प्रयासरत छन ।
त्यसरी नै बहाईहरुले मानवताको सेवा नै ईश्वरको सेवा हो भन्दै असल र समुन्नत समाज निर्माणको लागि बालबालिकाहरुको लागि बाल नैतिक कक्षा , १२ देखि १५ बर्षका किशोर किशोरीहरुको लागि किशोरकिशोरी आध्यात्मिक सशक्तीकरण कार्यक्रम तथा युवहरुको लागि तालिम तथा शिक्षा दिएर असल र समुन्नत समाज निर्माणको अभियानमा अग्रसर भैइरहेका छन । जन्मोत्सव लालझाडीको बल्मी, कन्ज, जाई, बिचुवा र त्यसरि नै बेलडाडी, शुक्लाफटा, बेद्कोट र महाकालीको विभिन्न वडाहरु पनि बहाई धर्मावलम्बीले मनाएका छन ।
मानवताको सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गरेर बहाईहरुले समुदायमा गरिरहेको सेवाले धर्मिक सद्दभाव र एकता कायम गर्न टेवा पुग्ने बिश्वास गरिएको छ।

ताजा समाचार

This will close in 10 seconds