दोधारा
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
माहाकालीको बादी बस्तीको जोखिममा रहेका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले अनुशिक्षण गरेको छ् । आज माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको बादी तथा दमाई बस्तीका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले कानुनी अनुशिक्षण गरेको हो । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको एक कक्षमा माईती नेपाल कञ्चनपुरले जोखिममा रहेका किशोरीहरुलाई एक दिने अनुशिक्षण गरेको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
बादी तथा दमाई बस्तीमा गरिबीको कारण उनिहरु भारतको बिभिन्न शहरमा ज्याला मजुरी गर्न जाने गरेको कारण मानव बेचबिखनको उच्च जाखिममा रहेको भन्दै उक्त बस्तीका किशोरीहरुलाई अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले बताएका छन् । रोजगारीको लागी बादी तथा दमाई बस्तीका घरपरिवार भारत जाने र किशोरीहरु बेचबिखनको उच्च जोखिममा पर्न सक्ने सम्भावना रहेको हुदा माईती नेपाल कञ्चनपुरले किशोरीहरुलाई अनुशिक्षण गरेको भन्दै माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले आयोजक संस्था माईती नेपाललाई धन्यबाद दिएका छन् । ‘दुर्गम तथा नेपाल–भारत नजिक बस्ती तथा रोजगारीको लागी उक्त बस्तीका जहान परिवार भारत जाने हुदा माईती नेपालले बस्तीका किशोरीहरुलाई प्रशिक्षण दिएकोमा माईती नेपाल कञ्चनपुरलाई धन्यबाद ।’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । बिगत देखि माहाकाली नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले महिला तथा वालवालीकाको लागी माहाकाली नगरपालिकालाई सघाउने कार्यक्रम गर्दै आएको बताउदै माहाकाली नगरपालिका क्षेत्र महिला तथा बालबालिका बेचबिखनको ट्रान्जिट पोईन्ट बन्दै आउदा महाकाली झोलुङ्गे पुलमा माईती नेपाल कञ्चनपुरले ‘सुचना तथा परामर्श केन्द्र’ स्थापना गरेपछि चेलिबेटी बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न सहज भएको उनले बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
आगामी दिनहरुमा माहाकाली नगरपालिका र माईती नेपालको सहकार्यमा यस्ता जनचेतनामुलक कार्यक्रम संचालनमा सहयोग गर्न माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टलाई नगर प्रबक्ता सिजालीले अनुरोध गरेका छन् । बादी र दमाई बस्तीका घरपरिवारहरु आर्थिक अभावको कारण भारतका बिभिन्न स्थानमा गएर ज्याला मजुरी गर्दै आएका छन् । बस्तीका कतिपय जहान परिवार महिनौ दिन सम्म भारतको सिमला लगाएत स्थानमा ज्यालामजुरी गरि घर फर्कने गर्दछन् । कोरोना भाईरसको कारण लकडाउन पछि उक्त बादी तथा दमाई बस्तीका कतिपय घरपरिवार आफ्नो जहान परिवार लिएर भारतमा रोजगारीको जाने तरखरमा छन् । बस्तीका झण्डै २० जना किशोरीहरु अनुशिक्षणमा सहभागी रहेका थिए । उनिहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले कोरोना भाईरस तथा रोकथाम नियन्त्रणको बारेमा जानकारी दिएका थिए । कोरोना संक्रमण कसरी सर्छ, त्यसबाट बच्न आफुहरुले के, के गर्नु पर्छ भन्ने कार्यक्रममा डाक्टर चौधरीले सहभागीहरुलाई प्रशक्षिण गरेका थिए । बस्तीका किशोरीहरु बास्तवमै निकै जोखिममा रहेको हुदा दुर्गम तथा गरिब बस्तीका किशोरीहरुलाई माईती नेपालले संचालन गरेको अनुशिक्षण निकै लाभप्रद रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जनाएका छन् ।
माहाकाली नगरपालिकामा मात्रै नभई समग्र देशमा माईती नेपाल कञ्चनपुरले महिला तथा वालवालिकाको हितको लागी उल्लेखनिय कार्य गर्दै आएको खुशी ब्यक्त गर्दै माईती नेपाल कञ्चनपुरले आज संचालन गरेको जोखिममा रहेको किशोरीहरुलाई अनुशिण निकै समय सान्द्रभिक र प्रशंसनिय रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती मल्लले बताएका छन् । माहाकालीको बादी र दमाई बस्तीमा महिला, बालबालिका तथा किशोरीहरु रोजगारीको लागी भारत जान बाध्य रहेका हुदा उनिहरुलाई निकै जोखिममा रहेको बताउदै माईती नेपाल कञ्चनपुरले संचालन गरेको अनुशिक्षणले निकै प्रभाव पर्ने आफुले बिश्वास लिएको बताएका छन् । माहाकाली नगर क्षेत्रमा माईती नेपालको समाज रुपान्तरणमा ठुलो योगदान रहदै आएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले बताएका छन् । अनुशिक्षणमा सहभागी पुजा बादीले आफु सहभागी हुन पाएको खुशी ब्यक्त गरेका छन् । ओसारपसार नियन्त्रणका लागी आम किशोरीलाई सचेत पार्नु अपरिहार्य भएकाले आफूहरुले यो अभियानमा सारथीको भूमिका निर्वाह गर्ने पुजा बादीले बताए । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ भन्ने कार्यक्रममा सिकाई भएको अर्का सहभागी सिता दमाईले बताएका छन् ।
आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम बस्तीमा संचालन गर्न समेत सहभागीहरुले आग्रह गरेका छन् । कार्यक्रममा सहभागीको उत्साहजनक उपस्थिती रहेको थियो । लकडाउनको बेला ग्रामीण भेगमा मौलाएको मानव बेचबिखन तथा ओसार पसारका गतिविधि नियन्त्रणका लागी किशोरीहरुलाई जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण दिईएको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले बताएका छन् । मानव बेच–बिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागीलाई जानकारी गराईएको बताईएको छ् । भारत संग नेपालको खुल्ला सिमाना, लकडाउनको कारण गरिब बस्तीमा एक छाक टार्नको अभाव, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढदो राजनीतीक अस्थीरता आदिका कारणहरुले गर्दा बाबु आमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन हुने गरेको अनुशिक्षणमा बताईएको छ् ।
अनुशिक्षण कार्यक्रमका प्रमुख अतिथी माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका थिए भने, अतिथीमा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल रहेका थिए । कार्यक्रमको सहजीकरण माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले गरेका थिए । माईती नेपालले मानव बेचबिखनलाई बिगत २ वर्ष देखी महाकाली झोलुङ्गे पुलमा सुचना तथा परामर्श केन्द्र स्थापना गरि परामर्श दिदै आएको छ् भने, लकडाउनको बेला माईती नेपाल कञ्चनपुरले माहाकाली नगरपालिका वडा नं. ६ र ९ का महिला तथा वालवालिकालाई पोषिलो खाना खुवाएको थियो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)