जमिन भाडामा लिएर काँग्रेस कञ्चनपुरका युवा नेता धामी केरा खेती तर्फ उन्मुख

कञ्चनपुर

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामी व्यवसायिक केरा खेतीमा जुटेका छन । राजनीतिकसंगै काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य धामीले जमिन भाडामा लिएर व्यवसायिक केराखेती गरेका हुन । प्रमुख प्रतिपक्षीय दल काँग्रेसका युवा नेता धामीले खाली सरकारको एकोहोरो बिरोध गरेर समय खर्चनु भन्दा आफुले समेत उत्पादनका कार्यमा लागेर आत्मनिर्भर लागि केराखेती रोजेका छन् । बेलडाँडी गाँउपालिका ४ वैवाहका स्थानीय समेत रहेका काँग्रेस नेता धामीले पुनर्वास नगरपालिका ४ जनकबस्तीमा पाँच विगाह जमिन भाडामा लिएर केराखेती गरेका हुन् । नेता धामीले गत बर्षदेखि स्थानीय दिनानाथ अधिकारी सहितका स्थानीयको जमिन भाडामा लिएर ‘जि ९’ प्रजातिको खेरा खेती गरेका  थिए ।

बार्षिक प्रति ४० हजार रुपैयामा जमिन भाडामा लिएर व्यवसायिक केराखेती गरेका छन् । स्थायी शिक्षकबा

ट राजिनामा दिएर राजनीतिमा होमिएका नेता धामी सन २००२ देखि ०८ सम्म दक्षिण कोरियामा रोजगारीमा गएका थिए । विदेशमा सिकेको सीप अनुभव, आफ्नो र देशका लागि केही गर्नुपर्छ भन्ने सोचका लागि आफैसंग प्रत्र्याप्त जमिन नभएपनि भाडामा जमिन लिएर केराखेती गरेका छन् । ‘केरा खेती गरेर धेरै कमाउने उदेश्य होईन, ‘उनले भने, ‘आत्मनिर्भर बन्नका लागि उत्पादनका कार्यक्रममा जोडिएको हुँ ।’ तराई केराखेतीका लागि उर्बराभूमी सम्भावनाले भरिभराउ र स्थानीय बजारमा केराको माग बढ्दै गएपछि केराखेतीमा जुटेको बताए । ‘आत्मनिर्भर र स्वाबलम्बनका लागि हामीले राजनीतिकसंगै खेतीमा लाग्नुपर्छ, ‘उनले भने, ‘खेतीसंगै राजनीतिक गर्छु ।’ धामीले अर्का स्थानीय युवा दानसिह ठगुन्नासंगै धामीले आधुनिक कृषि उद्यम केन्द्र मार्फत थप झण्डै २० लाख लागतमा केरा खेती गरेका धामीले थप विस्तारको योजना अघि सारेका छन् । ठगुन्ना पनि दुई दशक काठमाण्डौँमा प्राविधिक शिक्षालयमा काम गरेर फर्किएका थिए । ‘यहाँबाट सफल भएपछि थप जमिन खोजेर केराखेती गछौँ, ‘धामीले भने, ‘अब कोरा भाषणले इमान्दार राजनीति सफल हुदैन् ।’ स्वच्छ र आत्मनिर्भर राजनीतिका लागि समेत कृषितर्फ उन्मुख भएको धामीले बताए ।

‘आफुसंग आर्थिक स्रोतको पाटो नभएपछि पनि दैनिक खर्च व्यवस्थापनमा समस्या हुन्छ, ‘उनले भने, ‘निर्वाचित भएपछि झन भ्रष्टाचार बढ्छ ।’ मुलुकलाई आत्मनिर्भर बनाउनका लागि व्यवसायिक कृषि प्रणालीको विकास अपरिहार्य रहेको उनले बताए । बजार, बिउमल खाद लगायत प्राकृतिक प्रकोपका कारण केराखेतीमा चुनौति थपिएको बताउदै उनले सरकारी निकायबाट किसानका समस्या दिर्घकालिन समाधानका लागि पहल आवश्यक रहेको औल्याए । भारतबाट आउने केरासंग स्वदेशी केरा प्रतिस्पर्धा गर्न थप चुनौति रहेकाले भारतबाट कृषिजन्य पदार्थमा समेत कडाई गर्नुपर्नेमा जोडदिए । ‘हामीबाट व्यवसायीले प्रति दर्जन ३० देखि ४० रुपैयामा खरिद गर्छन, ‘उनले भने, ‘उपभोक्ताले बजारबाट पाकेको केरा खरिद गर्दा एक सय रुपैयादेखि बढि मुल्य तिर्नुपर्ने बाध्यता रहेको बताए । मुल्य समायोजन, किसानका पिरमर्का बुझेर सरकारले अग्रीम अनुदान भन्दा उत्पादनका आधारमा अनुदान दिनुपर्ने उनको सुझाव छ । अहिले स्थानीय धनगढी, महेन्द्रनगरका व्यवसायीले केरा खरिद गरिरहेका छन् । प्राविधिक रुपमा खेरामा रोगब्याधी आए त्यो भन्दा ठुलो चुनौती केही नभएको उनले बताए । किसानका लागि उत्प्रेरित कार्यक्रम संचालन गर्नुपर्ने उनको सुझाव छ । केराखेतीमा चुनौती भएपनि सम्भावना पनि भएको बताउदै धामीले केराबाट विभिन्न परिकारका साथै आत्मनिर्भर स्वदेशमै बस्तु उत्पादन गरेर स्वच्छ, ताजा फलफुल खान पाईने बताए ।

काँग्रेस नेता धामीले भाषणबाजीको राजनीतिक गरेर मात्रै जनताले नपत्याउने भएकाले उद्यम र परिश्रम समेत गर्नुपर्ने बताए । ‘अब जनता धेरै समेत भईसकेका छन, ‘उनले भने, ‘खाली भाषण र गफ दिएर कोही पत्याउँदैनन्, त्यसका लागि स्वयम आफुले समेत उदाहरणीय काम गर्नुपर्छ ।’ अरुलाई आत्मनिर्भर बन्नुपर्छ, स्वदेशमै काम गर्नुपर्छ भन्नेर सिकाईरहदा आफुले समेत सोही अनुरुप उत्पादनका काम गरेर प्रेरणादायी काम गर्नुको विकल्प नभएको बताए । काँग्रेस नेता धामीले केराखेतीसंगै स्थानीय ६ जना युवाले गाँउमै रोजगारी पाएका छन् । केराखेतीमा मजदुरी गर्दै आएका स्थानीय करन खातीले गाँउमै रोजगारी पाएपछि गत बर्षदेखि भारत नगएको बताए । ‘पहिले रोजगारीका लागि भारत जान्थे, ‘खातीले भने, ‘एक बर्षदेखि केराखेतीमै काम गरिरहेको छु, घरपरिवारको खर्च चलेको छ ।’ पुनर्वास नगरपालिका ४ का वडाध्यक्ष प्रेम बस्नेतले वडाका उत्कृष्ठ व्यवसायीक खेतीमा जुटेका किसानलाई प्रोत्साहनका लागि पुरस्कारका कार्यक्रम अघि बढाईएको बताए । ‘वडाका तर्फबाट सबै किसानलाई प्रोत्साहित कार्यक्रम संचालन गछौँ, ‘अध्यक्ष बस्नेतले भने, ‘स्वदेशमै रोजगारीका लागि समेत उत्पादनका कार्यक्रम प्रभावकारी गर्नेको मुल्याङन गछौँ ।’ पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्ण बहादुर शाहीले किसानलाई केराखेतीमा सहयोग गरिएको बताए ।

बिउ, बिजन, मलखाद र प्राविधिक सहयोग गर्दै आएको बताए । स्थानीय सरकारले समेत व्यवसायीक कृषि खेतीमा उन्मुख भएका किसानलाई प्रोत्साहनका कार्यक्रम संचालन गरिने जनाएको छ । पुनर्वास नगरका मेयर जिवनराज थापाले किसानका लागि अनुदान, राहत एव प्रोत्साहनका कार्यक्रम संचालन गरिएको बताउदै, नगरपालिकामा सुचिकृत हुन आब्हान गरेका छन् । ‘हाम्रो नीति पनि परम्परागत कृषि प्रणालीलाई आधुनिकतर्फ उन्मुख गराउने हो, ‘मेयर थापाले भने, ‘सम्बन्धीत किसानले के खेती गरेका छन, त्यसको जानकारी नगरपालिकालाई गराउनुपर्छ, हामी मुल्याङ्गकन गछौँ ।’ मुलुक आत्मनिर्भर बन्नका लागि नेपालका लागि कृषि र पर्यटन सम्भावित क्षेत्र भएकाले त्यसतर्फ नगरपालिका सचेत रहेको मेयर थापाले बताए ।

ताजा समाचार

This will close in 10 seconds