पुनर्वास–१० को वडा कार्यालय भवनको शिलन्यास

हरिलाल जोशी /पुनर्वास
पुनर्वास नगरपालिका–१० को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बुधबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाद्वारा दुई तले वडा भवनको शिलन्यास गरिएको हो ।
पुनर्वास–१० स्थित विजय माध्यामिक विद्यालयसँगै जोडिएको करिब ८ कठ्ठा ऐलानी जमिनमा दुई तले वडा भवन निर्माण हुन लागेको वडा अध्यक्ष शुकदेव रानाले जानकारी दिए । अध्यक्ष रानाका अनुसार वडाबासीको चाहाना अनुरुपको स्थानमा भवन निर्माण गर्न लागेको बताए ।
उनले वडाको प्रत्यक्ष निगरानीमा मापदण्ड अनुसारको भवन निर्माण गराउने पनि जानकारी दिए । त्यस्तै वर्षौ देखि टाढाको कार्यालय धाउँदा हैरानी खेप्दै आएका स्थानीयहरु घर पायकमै स्थायी वडा कार्यालय निमार्णको थालनी सुरु भएपछि हर्षित बनेका थिए । २०७७ श्रावण १४ गते ठेक्का सम्झौता भई २०७८ अषाढ १५ गते सम्पन्न गर्ने गरि बुढिगंगा–५ ,बाजुराको जयलक्ष्मी कन्स्ट्रक्सनले नगरपालिकाको लागत स्टिमेट १ करोड ३२ लाख ६ हजार अन्ठाउन्न रुपैँया रहेकोमा ८९ लाख ६१ ह्जार ३ सय बाउन्न रुपैँया बिलोमा वडा भवन निर्माणको ठेक्का पाएको हो ।

ताजा समाचार

This will close in 10 seconds