दिपेन्द्रबहादुर पालको जीवन रक्षार्थ आर्थिक सहयोग संकलन अभियान संचालन

सुदूरपश्चिामाञ्चल विश्वविद्यालयका विद्यार्थी दिपेन्द्रबहादुर पाल बचाऔं अभियान कंचनपुरमा चलाइएको छ । विश्वविद्यालयका व्यवस्थापन संकाय अन्तर्गत विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी पाल विगत तीन महिनायता ब्लड क्यान्सर र वनम्यारो दुबै रोगले जीवन र मृत्युको दोसाँधमा छन् । दार्चुला जिल्ला लेकम गाउँपालिका वडा नम्बर ४ टकना –बुरुस्याका स्थायी बासिन्दा पाल स्वास्थ्य समस्या आएपछि महाकाली अस्पताल भर्नाका थिए । उनमा उपचार यता हुन नसकेपछि धनगढीको मायामेट्रो अस्पताल लगीएको थियो ।

त्यहाँ उपचारका क्रममा विद्यार्थी पाललाई ब्लड क्यान्सर देखिएपछि काठमाण्डौं रिफर गरिएको छ । अहिले उनको काठमाण्डौंको सिभिल अस्पतालमा उपाचार भईरहेको भएपनि आर्थिक समस्या आईलागेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाई आउन लागेपछि उनका साथीहरु र विद्यार्थी नेताहरु उनको जीवन रक्षार्थ आर्थिक सहयोग संकलन अभियान नै संचालन गरेर लागीपरेका छन् ।

सामाजिक संजाल तथा प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कका आधारमा आफूहरु पालको उपाचर गर्न रकम संकलनमा लागेको अभियानमा आबद्ध विद्यार्थी शंकरदत्त जोशीले वताए । उनले सबैलाई मानवीय भाव राखेर सहयोग गर्न विनम्र अनुरोध गरेका छन् । उनको ब्लड क्यान्सरको उपचारका लागि ९ लाख र बनम्यारो प्रत्यारोपण गर्न १६ लाख रुपैया गरी जम्मा २५ लाख रुपैया खर्च हुने देखिएकोले सबैलाई सहयोग गर्न अपिल गरेकों दिपेन्द्र बचाऔं अभियानका सदस्य नागेश प्रसाद जोशीले वताए । जोशीले सेवा नै धर्म भएकाले सबैलाई मानवीयता देखाउदै सहयोगको हात अगाडि बढाउन आग्रह गरे ।

२५सदस्यी समिति नै गठन गरिएको र मंगलबार देखि सबै व्यापारी, संघसंस्था र सामाजिक व्यक्तित्वहरु समक्ष जाने तयारी दिपेन्द्र बचाँऔ अभियान गरेको छ । पालकी बहिनी जानकी पालको ई–सेवा आईडी नम्बर ९८६२५२२१३२ र जानकी कै नाममा रहेको लक्ष्मी बैंक लेकम दार्चुृलाको खाता नम्बर ०९०२३००५०१४मा सहयोग रकम जम्मा गर्न सकिनेछ भने भारतबाट सहयोग गर्न चाहनेले यास् वि आई बैंकमा प्रकाश सिंहको नाममा रहेको खाता नं. ३२१३९१६४१९२ मा सहयोग राशि जम्मा गर्न सक्नेछन् ।

ताजा समाचार