चाँडपर्वको मुखमै रोजगारीका लागी भारत फर्कन बाध्य नेपाली

कञ्चनपुर

कैलालीको कैलारी गाउँपालिकाका विमल चौलागाइँ, भारतबाट ४ महिना अघि घर फर्किए । त्यहाँ कोरोना संक्रमण बढ्दै गयो, सबैतिर लकडाउन हुन थाल्यो, डरले गाउँघर आए । लामो बन्दा बन्दीले गुजरा चलाउन नै मुस्किल हुन थालेपछि गड्डाचौकी नाका हुदै रोजगारीको खोजीमा पुनः भारत जाँदै थिए । घरपरिवार सँगै बस्ने रहर पनि थियो । चाँडवाड मनाउने धोको पनि । तर, देशमा आर्थिक जोहो हुने कुनै युक्ति सुल्झीएन् । घरपरिवारको आर्थिक व्यवस्थापनले उनलाई पिरोल्न थाल्यो, सरकारले पनि केही गरेन । केही व्यवस्था गरिदेला कि भन्ने आश व्यर्थ हुन थाल्यो र ज्यानलाई हत्केलामा थापेर विदेशीन बाध्य भएको उनले सुुनाए ।

लामो समय चलेको लकडाउनले जीवन धान्नै र जहानपरिवारलाई हातमुख जोर्न धाउ धाउ भएसँगै चौलागाइँझै दैनिक भारत जानेको संख्या बढ्दै गएको छ । स्वदेशमै रोजगारीको सम्भावना नदेखेपश्चात (कोभिड–१९) कारण बन्दाबन्दी भएसँगै रोजगारी गुमाएर नेपाल फर्कीएकाहरु आर्थिक समस्या हुन थाले पछी दशै तिहार चाडपर्व मूखमै छोडेर पुनः भारत तर्फ फर्कन थालेका छन ।  पश्चिमी नाका हुदै भारत प्रवेश गर्दै गरेका अर्का यूवा बझाङ्गका स्वती बि.क.। लकडाउन पूर्व नै घर आएका उनी विहान भारत जान धेरैसँगै लामबद्ध थिए । ‘‘परिवार पाल्न जानै प¥यो, के गर्ने देशमा कुनै काम छैन्’’ वि.क.ले भने । उनी भन्छन्–‘‘ दशैतिहार त मनाउँला आउँदा वर्षमा पनि बाँचियो भने, अहिले दुई छाक जुटाउँनै जानै पर्नेभएको छ’’ कोभिड १९ का कारण विश्वनै तर्सित भएका बेला भारतमा समेत उद्योग धन्दा कलकारखाना बन्द भई लाखौ नेपालि बेरोजगार भई स्वदेश फर्केको अवस्थामा नेपालमा रोजगारी को समस्याले गर्दा पुन रोजगारी गर्न भारत जानेको संख्यामा बृद्धि भएको हो । दशको पश्चिमी गड्डाचौकी नाका हुदै दैनीक पँचास देखी सय जनाको संख्यामा रोजगारी खोज्न भारत तर्फ जाने गरेका छन । भने दक्षिणी नाका गौरीफन्टा हुदै छिमेकी देश भारत तर्फ जानेको संख्या पनि बढेको छ ।

नेपालमा लामो समय देखि विद्धमान लकडाउनका कारण केहि ब्यवसाय गर्न नसकेको र परिवारको आर्थीक अवस्था समेत कमजोर भएको कारण दैनीक ज्याला मजदुरी गरेर खाने परिवारहरु लाई एक छाक टार्न समेत धौ धौ परेको हुदा अन्तिम विकल्पको रुपमा भारत तर्फ जानु परेको भारत जाने नेपालीहरु बताउँछन् । भारतमा दैनीक हजारौको संख्यामा कोरोनाका कारण ज्यान गुमाईरहेको भए पनी भोको पेटको लागि ज्यान जोखिममा राखेर भएता पनि भारत जानु पर्ने बाध्यता रहेको भारत जाँदै गरेका दार्चुलाका किसन वि.क ले वताए । ‘‘ गाँसको लागि भएपनि जाँनै पर्छ, भोकले भन्दा रोगले मर्न बेश लाग्यो ’’ गड्डाचौकी नाका भएर दैनिक ५० देखि १०० जना सम्म नेपालिहरु भारत तर्फ गइरहेका र उनिहरु बेरोजगारी कारण राजगारीको खोजिमा भारत तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले बताउनु भएको छ । गड्डाचौकी नाकाबाट असोज महिनामा मात्रै भारततर्फ जानेको संख्या २ हजार ५ रहेको छ । यस्तै,गौरीफन्टा नाकाबाट यही अवधिमा १६ हजार ४ सय ९६ जना नेपाली रोजगारीको शिलशिलामा भारत तर्फ गएको कंचनपुर प्रहरी प्रवक्ता थापा क्षेत्रीले वताए । ‘‘जाने आउनेहरुको संख्यात्मक अनुपात उस्तै भएपनि चहल पहल कम छ, देशमा आउने भन्दा जानेको संख्या अलि बेसी नै देखिन्छ, अन्य भन्दा बेरोजगारी नै प्रमुख कारणका रुपमा देखिएको छ’’ ।

भारतले आधार कार्ड भएकालाई प्रवेशको अनुमति दिएको छ । त्यसैले आधार कार्ड बोकेर सामान्य स्वास्थ्य चेकजाँच गराएर गड्डाचौकी नाकाबाट मात्रै धेरै जाने गरेका छ्न् । असोज १ गते यता भारतबाट गड्डाचौकी नाका हुदै २ हजार ९५ जना र गौरीफन्टा भएर ४ हजार ४ सय ५७ जना स्वदेश फर्केका छन् । अन्य वर्ष दशै तिहारमा पश्चिमी नाकाबाट नेपाल आउनेलाई व्यवस्थापन गर्न प्रहरीलाई सकस पर्ने गरेको भए पनि भारतबाट आउने भन्दा जानेको संख्या दैनिक बढ्दो छ । देशमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकारले काम गरिरहेका छन् । यद्यपि, सरकारले विभिन्न देशबाट रोजगारी गुमाएर स्वदेश फर्केका युवा जनशक्तिका लागि विशेष रोजगारीको व्यवस्थापन प्याकेज र नयाँ निति ल्याएर कार्यान्वयन गर्न नसक्दा चाडपर्वकै मुखमा संक्रमणको उच्च जोखिम मोलेर ज्यान हत्केलामा थापेर युवाहरु फेरी विदेश पलायन हुन थालेका छन् ।

ताजा समाचार