काठमाण्डौँबाट आएकामा पनि कोरोना देखिदै कोरोना रोकथामको अग्र मोर्चामा बेलौरी नगरपालिका

कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा काठमाण्डौँबाट आएका व्यक्तिमा पनि कोरोना देखिन थालेको छ । गत शनिबार कोरोना पोजेटिभ देखिएका बैंक अफ काठमाण्डौँमा कार्यरत एक कर्मचारी काठमाण्डौँबाट आएका थिए । काठमाण्डौँबाट बेलौरी फर्किएका उनी लगायत अन्य चार जनामा पनि कोरोना देखिएको बेलौरी नगरपालिका कोडिभ १९ संयोजक मान बहादुर चन्दले बताए । ‘अहिले भारतबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिन लागेको छैन, ‘उनले भने, ‘काठमाण्डौँबाट फर्किनेमा पनि देखिन थालेको छ ।’ संक्रमित कर्मचारीले रिर्पोट नआउँदै बैंकमा सेवा दिएका थिए । कर्जा फाँटमा कार्यरत उनले एक दिन सेवा दिएको बैंक स्रोतले जनाएको छ ।

संक्रमित कर्मचारीको ट्राभलहिस्ट्री यस्तो छ । ३३ बर्षिया बंैंकका कर्मचारी ४ असोजमा सार्वजनिक बस बढेर काठमाण्डौँबाट बेलौरी आएका थिए ५ असोजमा बैंकमा हाजिर भई सेवा दिए, ६ असोजमा उच्च ज्वरो आएपछि विदामा घरमै बसे । ७ असोजमा कोरोना परीक्षणका लागि स्वाब नमुना दिए । ८ असोज बिहिबार रिर्पोट नआउँदै पुनः बैकमा आएर सेवा दिए । ९ असोज शुक्रबार एकछिन कार्यालय आएर डेरामा गए । १० असोज शनिबार रिर्पोट आयो । ११ असोज आइतबार होम क्वारेन्टाईनमा बसे । १२ असोज सोमबार बैंकका जानकारी गराए लगत्तै बैंकले सोमबारदेखि बुधबारसम्म निर्मूलीकरण गरेर सेवा दियो ।

संक्रमित कर्मचारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ । बैंकमा दैनिक सयौँ सेवाग्राही आएकाले जोखिम बढेको छ । बुधबारै बेलौरी नगरपालिका स्वास्थ्य शाखाले सोही बैंकका १० र संगै रहेको राष्ट्रिय वाणिज्य बैंकका ९कर्मचारीको स्वाब नमुना संलकन गरेपछि उनीहरुको रिर्पोट नआउँजेलसम्मका एक साताका लागि बैंक बन्द गर्ने निर्देशन दिएपछि दुवै बैकले बिहीबारदेखि सेवा बन्द गरेका छन् । बेलौरी नगरपालिका कोडिभ १९ संयोजक चन्दले कोरोनाबाट बाँच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प नभएको बताए । ‘दुवै बैंकका कर्मचारीको कोरोना परीक्षणका लागि स्वाव नमुना संलकन गरेका छौँ, ‘उनले भने, ‘सेवाग्राहीले पनि सम्पर्कमा आउन आब्हान गरेका छौँ ।’

संयोजक चन्दका अनुसार हालसम्म बेलौरीमा ८ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्ये ६२जना मात्रै कोरोना देखिएको छ । भने बाँकी ७ सय ७८ मा नेगेटिभ र ५३ जनाको रिर्पोट आँउन बाँकी छ । शहरी आवास गृह कुण्डा आईसोलेशनमा १० जना मात्रै रहेका छन् । चिनको बुहान शहरमा कोरोना संक्रमण देखिएसंगै भारतसंग सीमा जोडिएको कञ्चनपुरको बेलौरी नगरपालिकाले सीमा क्षेत्रमा हेल्थडेस्क स्थापना गरेर कोरोना रोकथामका लागि अग्रणी भूमिमा निर्वाह गरेका थियो । बेलौरीमा उच्च सुरक्षा सर्तकताका साथ कोरोना रोकथाम भईरहेको छ । संख्या पनि कम रहेको छ ।

ताजा समाचार