जैविक मार्ग जोड्ने ६३० मिटर लामो चक्रपथ निर्माण गदै नगरपालिका

भीमदत्त नगरपालिकाले चक्रपथ अन्तर्गत बह्मदेवदेखि जैविक मार्ग जोड्ने ६ सय ३० मिटर लामो चक्रपथ निर्माण गर्ने भएको छ । भीमदत्तनगर– वडा नम्बर ९ धार्मिक पर्यटकीय मार्ग तथा जैविक मार्गसँगै जोड्ने गरी चक्रपथ निर्माण कार्यको थालनी भएको छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले आज सिलान्यास गरेसँगै विधिवत् रुपमा निर्माण कार्यको सिलान्यास गरेसँगै निर्माण थालनी भएको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको २ करोड २० लाखमा कैलास जे भी भीमदत्त ६ कंचनपुरले एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भीनपा सँग निर्माण सम्झौता गरेको छ । उक्त मार्ग निर्माण २०७८ असोज २ गतेभित्र सम्पन्न गरि सक्ने गरी वि.सं. २०७७ असोज २ गते निर्माण कम्पनीले सम्झौता गरेको नगरपालिकाका ईन्जिनियर हिमालय सिंहले वताए ।

नगरप्रमुख विष्टले त्रिदेशीय नाका जोड्न, जैविक मार्गसँगै विकास गर्न तथा समग्र नगरको समृद्धि र प्रगतिका लागि चक्रपथ निर्माण गरिन लागेको साथै यसले यहाँको पर्यटकीय विकास गर्न, साँस्कृतिक तथा सामाजिक समृद्धि हासिल गर्न विशेष महत्व रहने वताए । मेयर विष्टले भने, ‘‘हामी महाकाली करिडोरसम्म र निकट भविष्यमा त्रिदेशीय नाकाको मार्गको रुपमा विकास गर्ने अभियानमा छौं, साँस्कृति सामाजिक तथा आर्थिक विकासमा यी मार्गहरुले र चक्रपथले विशेष अर्थ राख्ने छन् ’’ नगरपालिका चक्रबद्ध रुपमा विकासका गतिविधि र यहाँका सम्भावनाहरुको खोजीमा लागीपरेको उल्लेख गर्दै मेयर बिष्टले सडक पूर्वाधार निर्माण भएसँगै पर्यटनको आवागमनमा सहजता आउने र समृद्धिको आधार तय हुनेमा विश्वास व्यक्त गरे । यो दुबै देशका नागरिकका लागी विशेष फाईदाजनक हुने देखिन्छ विष्टले भने ।ईन्जिनियर ऐरले भारतीय सीमा सम्म पुग्ने उक्त चक्रपथले दुई देशको सिमा रक्षाका लागि समेत भूमिका खेल्ने वताए । ‘‘एक वर्षभित्र काम सक्ने गरी ठेक्का दिएका छौं, यसको निर्माणले पर्यटकीय विकासलाई टेवा पु¥याउने देखिन्छ ’’ सो मार्गले माहाकाली करिडोर, गड्डाचौकी, जैविक मार्गलाई बोलबद्ध रुपमा जोड्ने वताईएको छ ।

निर्माणको जिम्मा पाएका कैलास जे.भी का संचालक चन्द्रसिंह ऐरले आफूले नगरपालिकाको लक्ष्य अनुुसार काम गर्ने वताए । निर्माण सम्झौता समयावधी भित्रै उच्च गुणस्तरिय काम गरिसक्ने जे.भी.ले वताएको छ । चक्रपथ निर्माण कार्य अगाडि बढेसँगै स्थानिय बासि हर्षित भएको भीनपा ९ का अध्यक्ष रामसिंह नाथले वताए । अध्यक्ष नाथले चक्रपथले बह्मदेव बजार क्षेत्र र पर्यटकहरुलाई सुविधा थपेको र सिमाको सुरक्षामा समेत भूमिका खेल्ने बताए । ग्राभिल हाल्ने, नाली निर्माण गर्ने कार्य सुरुवात भईसको र कालोपत्रे समेत हुने वताईएको छ । नगरभित्र विभिन्न वडाहरुमा चक्रपथ तथा सडक निर्माणालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखी अगाडि बढेको छ ।

ताजा समाचार

This will close in 10 seconds