भीमदत्त नगरका बोडिङ्ग स्कुलका शिक्षकको धर्ना

कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा रहेका निजी विद्यालय (बोडिङ्ग स्कुल)का शिक्षकले भीमदत्त नगरपालिका कार्यालयमा धर्ना दिएक छन् ।

निजी विद्यालयका शिक्षकले बिहीबार बिहान धर्ना दिएका हुन् । संस्थागत विद्यालयका शिक्षक यूनियन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधव राज पन्तले भीमदत्त नगर शिक्षा शाखाले बोडिङ्ग स्कुलका मालिकसंग पारिश्रमिक दिलाउने प्रतिबद्धता जाहेर गरेपनि सहयोग नगरेको भन्दै धर्ना दिएको बताए ।

भीमदत्त नगरपालिका शिक्षा शाखा बोडिङ्ग स्कुलको पक्षपोषण गर्दै शिक्षकको पीडा नबुझिदिएको दुखेसो पोखे । तर, भीमदत्त नगरपालिकाले शिक्षकको तलबको विषयमा विद्यालयसंग छलफल भईरहेको जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds