हेरेन गरिबलाई, गरिबको सरकारले

काठको गोलाले च्यापिदा ५ वर्षदेखि थला परेका रलु लुहार श्रीमती र बुहारीको मजदुरीबाट परिवारलाई पालनपोेषण गर्न कठिनाई

कञ्चनपुर

जीवनमा यस्तो पिडादायक स्थिति आउँला भन्ने कल्पना सम्म नगरेका रलु ५ वर्षदेखि आफ्नै कोठामा थला परेका छन् । बाग्लुंगमा सल्लाका गोला लोड अनलोड गर्ने क्रममा गोलाले च्यापिदा भीमदत्त–७ हल्दुखाल, राधाकृष्ण टोलका स्थायी बासिन्दा ६२ वर्षीय लुहार थाला परेका छन् । वि.सं. २०७२ चैत २७ गते मजदुरी गर्ने क्रममा अप्रिय घटना भएसँगै उनको कम्मर भन्दा तलको भाग चल्नै नसक्ने गरी भाँचिनका साथै खुट्टा समेत भाँचिन पुगेको थियो । उनको यो दुुर्दशा भएपछि परिवारलाई जीवन गुजारा चलाउनै मुस्किल परेको छ ।

परिवारको मुलीले नै काम गर्न नसक्ने भएपछि परिवारलाई बज्रपात नै परेको छ । अहिले लुहार परिवार बेहाल अवस्थामा रहेको छ । लुहारका जेठा छोरा दिनेश लुहार १४ वर्षयता मानसिक रोगले प्रताडित रहेका छन् । ३२ वर्षीय दिनेश परिवारलाई सघाउ पुगाउन सक्ने अवस्थाका छैनन्।७ सदस्यीय लुहार परिवारसँग २ कट्टा सानो घर, घरेडी सिवाय केही छैन् । भएको सबै पैसा लुहार र छोराको उपचार गर्न समेत खर्च गरेता पनि दुबैको अवस्थामा कुनै सुधार आएकोे देखिदैन् भने परिवारको अवस्था कहालिलाग्दो छ । लुुहारकी पत्नी बसन्धरा र बुहारी राधाले मजदुरी गरेर चुल्होमा आगो सम्म बलेको छ । कुनैबेला कठिन शारीरिक परिश्रम गर्ने लुहारको कम्मर मुनीको शरीर कुुनै भाग हलचल सम्म हुदैन । दिशा पिसाब समेत त्यही उत्तानो पल्टेको खाटमा गनुपर्ने अवस्था रहको छ । मानसिक सन्तुलन गुमाएका उनका छोरा दिनेश दिनभर यताउता डुुली रहन्छन् । काँधमा जिम्मेवारीको भारी बोकेर सहारा बन्नुुपर्ने बेला नै सहारा चाहिने भएपछि अहिले परिवार आँसुसँगै बाच्न बाध्य भएको छ । लुहारका जेठा नाति ८ कक्षामा र कान्छा २ कक्षामा नजिकैको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् । नातिनी ६ कक्षामा पढ्छीन् । पख्र्यौली पेशा घरायसी हात हतियारमा धार लगाउने रहेकोमा उनले आफर संचालन गरेता पनि अहिले विपत्तिमा छ उनको परिवार ।

घटना भएको तत्कालीन बेलामा ठेकेदारले सहायता गर्ने आश्वासन दिए पनि पछि विचल्लीमा छोडेर भागे । यद्यपि, पाल्पा, खटीमा लगायतका अस्पतालमा ऋण कर्जा गरेर उपचार गराउँदा पनि कुनै सिप लागेन् । स्वास्थ्य अवस्था सुधार हुनुका साँटो खस्किदै गएको छ । अहिले थाला नै परिरहे पछि उनलाई बाँच्ने आश पनि मर्दै गएको छ ।
उपचारका दौरान आफ्नै दाईको छोरा र भाईको २ लाख बराबरको कर्जा कसरी चुक्ता गर्ने भन्ने पिरलोे एकातिर छ भने परिवारलाई कसरी लालन पालन गर्ने भन्ने चिन्ताले ग्रसित छ लुहार परिवार ।

स्थानिय सरकारबाट अपांगताको रातो कार्ड बनाई दिनु र चौं मासिक बाह् हजार रुपैंया पाउनु बाहेक केही सहायता नभएको उनको दुखेसो छ । नियती र ठेकेदारबाट ठगिएका लुहार जीवन कष्टप्रद जीवन व्यतित गरिरहेका छन् भने राज्य लगायतका मानवीय सहयोगी संघ सस्था सँग सहयोगको अपेक्षा गरिरहेका छन् । यद्यपि, देशमा सर्वहाराहरु कै मजबुद सरकार रहेको भएपनि गरिबका दिन कहिले आउँलान् ?

ताजा समाचार

This will close in 10 seconds