बेमौसमी तरकारी खेती तालिम शुरु

कृष्णपुर
कृष्णपुर न.पा. का २० जना बेरोजगार युवा युवतीलाई बमौसमी तारकारी खेती तालिम दिइने भएको छ । कृष्णपुरको वडा नं. १मा आई पी.एफ पद्धतीद्वारा सञ्चालन हुने तीन महिने तालिमको उद्दघाटन कृष्णपुर न.पा वार्ड १ का अध्यक्ष मोहन बस्नेतले गर्नु भयो । युरोपियन युनियनको आर्थिक सहयोगमा निड्स नेपालले सञ्चालन गरेको दक्षता परियोजना अन्तरगत सो तालिम सञ्चालन भएको छ ।

निड्स नेपाल कञ्चनपुरकी अध्यक्ष अञ्जु जोशी भट्टको अध्यक्षतामा एक समारोह विच तालिमको शुभारम्भ भएको  हो । तालिम पश्चात सहभागीहरुले वेमौसमी तरकारी उत्पादन गरी बजारीकरण गर्ने र उपभोक्ताहरुलाई स्वच्छ तरकारी उपलब्ध गराउने कुरा संस्थाका फिल्ड सुपरभाइजर मनराज उपाध्यायले बताए ।

कार्यक्रममा वडा अध्यक्ष मोहन बस्नेत, कृषि शाखा प्रमुख लाल बहादुर धामी, प्रशिक्षक सिद्धराज अवस्थी, प्रशिक्षक निसा धामीको साथै कार्यक्रम संयोजक विनोद कडारा, पुष्पा जोशीको उपस्थिती रहको थियो । कार्यक्रमकोे उद्देश्य माथि निड्सका कार्यक्रम संयोजक विनोद कडाराले प्रकाश पार्नु भएको थियो भने सञ्चालन मनराज उपाध्यायले गर्नु भएको थियो ।

ताजा समाचार