मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ऐर

कञ्चनपुर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य समितिलाई पुर्णता दिएको हो । को उपाध्यक्ष पशुपति थापा (मगर), सचिव देवकी भट्ट (जोशी), सह–सचिव राधा राना, कोषाध्यक्ष यशोदा खडका, सदस्य कृष्णा पाण्डेय, मिना भण्डारी, बसुन्धारा खत्री, शान्ति नाथ, मिना सेटी, मेनुका उप्रेती, धना ऐर, शारदा विक, मञ्जु चौधरी, सबिना थापा चयन भएका छन् ।

यस अघि महिला अधिकारकर्मीले कुनै महिला र पुरुषविच विवाद भएपछि एकोहोरो महिलाका पक्षमा वकालत गर्दै आएपछि मेची महाकाली बुहारी संयुक्त आवाजले भने हिंसामा परेका महिला पुरुषको पक्षमा वकालत गर्ने जनाएको छ । एकोहोरो महिलाका कुरा सुनेर गरिने वकालतले कहिलेकाही पुरुषको अधिकारी हन्न हुने भएकाले समाजिक न्याय समानता ढङगबाट हिंसामा परेकालाई न्याय दिलाईने अधिकारकर्मी समेत रहेकी मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरका सदस्य मिना भण्डारीले बताईन् ।

उनले हिंसामा परेका महिला मात्र नभई पुरुषको पक्षमा समेत वकालत गरिने बताए । ‘एकोहोरो अधिकारले समेत समाजिक न्याय हुदैन, ‘उनले भनिन, ‘दोहोरो छलफल सम्वाद र प्रयासबाट वकाल गछौँ ।’

ताजा समाचार