नेपाली सैनिकको कुटाइ बाट नाबालक अवस्थीको अवस्था चिन्ताजनक, नेपालगन्ज रिफर

नियन्त्रणमा लिएपछि मानसिक अवस्था खल्बलिने गरी सेनाद्वारा कुटपिट

कञ्चनपुर

कञ्चनपुर जिल्ला दक्षिणी क्षेत्रमा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट काठ तस्करीमा संलग्न नाबालक सहित ६ जनालाइ नेपाली सैनिको टोलिले नियन्त्रणमा लिएको छ । नाबालक अवस्थीलाई नियन्त्रणमा लिइसके पछि निर्घात रुपमा कुटपिट गर्दा बालकको मानसिक स्थीति खल्बलिनुको साथै उनको अवस्था चिन्ताजनक रहेको छ ।

उनको मुटुमा र लिबरलमा चोट गम्भीर लागेको हुँदा बस्न, सुत्न समेत समस्या हुने गरेको र उनको स्वास्थ्य अवस्था नाजुक बन्नुका साथै चिन्ताजनक रहेको हुँदा महाकाली अस्पताल महेन्द्रनगरमा उपचार सम्भव नभए पछि उनलाई नेपालगन्ज हस्पिटल रिफर गरिएको छ। साथिहरुले आफुलाई मासु खान भनेर लगेको बेलामा रातिको समयमा सामुदायिक वनमा एका–एक पुग्दा नेपाली सेनाले आफुहरुलाई पक्राउ गरेको र त्यस पछि एकासी छातीमा बुटले हानेको र गाडीमा बसाल्दा खेरी लट्टिले समेत अन्धा धुन्ध हानेको नाबालक अवस्थिले बताएका छन् ।

आपराधिक क्रियाकलापमा संलग्नता रहेको ठहर भए पनि कानुनी प्रक्रिया अनुसार कार्वाही गर्नुको साटो नियन्त्रणमा लागि सकेपछि अन्धाधुन्ध कुटपिट गरि घाइते बनाउनु गलत भएको भन्दै दोषी लाई कार्वाही हुनु पर्ने र सम्पुर्ण उपचार खर्च बेहर्नु पर्ने अभिभावक गणेश दत्त अवस्थिले माग गरेका छन् । अवस्थिको उमेर १३ वर्ष ११ महिना रहेको छ । उनलाई अभिभावकको जिम्मा लगाएर थप चेकजाँच संगै औषधिको उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । कुनै अपराध क्रियाकलापमा संलग्नता रहेका अपराधी लाई नियन्त्रणमा लगिसकेपछी कुटपिट गर्ने जस्ता कार्य नहुने हुँदा थप अनुसन्धान कार्यलाई अगाडि बढाई दोषी माथी कार्यवाही गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालयका वार्डन लक्ष्मण प्रसाद पौडेलले बताएका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट असोज ६ गते मङ्गलवार राती सालका रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ परेका थिए । पक्राउ पर्नेमा बैजनाथ सामुदायिक वन क्षेत्रबाट तस्करी गरिरहेका बेलौरी नगरपालिका वार्ड ९ का करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, वार्ड ५ का कालु राम चौधरी र वार्ड नम्बर ७ का देव सिंह चौधरी रहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय मझगाउँले जनाएको छ । उनीहरुलाई मङ्गलवार राती ३ बजे ट्याक्टर, मोटरसाइकल र काठ लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

बेलडाँडी कालिकिच बाट खटिएको नेपाली सेना र चानदेव बाट खटिएको ४० जना सेनाको टोलीले घेराउ गरी पक्राउ गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख पौडेलले बताएका छन । उनीहरूमध्ये केही भने फरार रहेको अनुसन्धानका क्रममा खुल्नमा आएको उनले बताए । यसरी अपराधमा संलग्न व्यक्ती जो कोही भए पनि पक्राउ परीसके पछि कानुनी कावार्ही गर्नुको साटो यसरी कसैको ज्यान जाने गरीकुटपीट गर्नु कानुन सम्मत नभएकोले यसरी कुटपीट गर्ने जो सुकैलाई पनि कानुनको दायरामा लाई कारवाही गर्नु पर्नेमा स्थानियहरुले माग रहेको छ ।

ताजा समाचार