झलारी प्रहारीले जुवातासका अड्डा संरक्षण गरेपछि जिल्ला प्रहरीकै एक्सनले होटल साहु सहित १९ जुहाडे पक्राउ

कञ्चनपुर

कोरोना कहरबाट सिङ्गो मानव समुदाय आक्र्रान्त बनिरहेको छ । कोरोनाबाट बाँच्नका लागि मानिसलाई चिन्ता भईरहेको छ । यस बर्ष कोरोनाले बैशाखदेखिका तिहारपनि उल्लासमय वातावरणमा हुन सकेका छैनन् । तर, दशैँ तिहार शुरु नहुँदै कञ्चनपुरमा लाखौँका जुवातास भईरहेका छन । त्यो पनि स्थानीय प्रहरीको संरक्षण मिलोमतोमा । जुवा खेलाउने साहुले स्थानीय प्रहरीलाई गिप्ट स्वरुप भौतिक तथा अभौतिक बस्तु दिएर फुलाएपछि स्थानीय प्रहरीले नागरिक स्तरबाट गुनासो आएपछि वास्ता राखेन् । गाँउकै स्थानीय प्रहरीले थाहा पाई पाई पक्राउ नगर्ने छाटकाँट देखेपछि स्थानीयले सिधै जिल्ला प्रहरी कार्यालयमा गुनासो राखेका थिए ।

ईलाका प्रहरी कार्यालय झलारी देखि दक्षिण करिब ५ किलोमिटर दुरीमा रहेको स्थानमा खुलेयाम जुवा भईरहदा पनि त्यहाँका स्थानीय बुद्धिजिवी लगायका स्थानीयले प्रहरीलाई घचघच्याउँदा पनि पक्राउ नगरिएपछि जिल्लाको टोलीले पक्राउ गरेको घटनाले स्थानीय प्रहरी जुवातास नियन्त्रणमा सकृय रहेको स्थानीयको बुझाई छ । गयराती जिल्ला प्रहरी कार्यालयको टोलीको नेतृत्वमा शुक्लाफाँटा नगरपालिका २ झलारीबाट जुवा खेलाउने साहु सहित १९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विशेष सुचनाको आधारमा जुहाडे सहित पक्राउ गरिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले स्थानीय डबल बहादुर ऐरले आफ्नै होटलमा जुवा खेलाईरहेको अवस्थामा पक्राउ गरिएको बताए । उनका अनुसार साहु ऐर सहित १९ जुहाडे र खालबाट २ लाख ४४ हजार रुपैया बरामद गरिएको छ । पक्राउ पर्नेमा कैलाली कञ्चनपुरका दुवै स्थानका स्थानीय रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिकाका प्रकाश वोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय, नरेश रोकाया, सुरज वुढा, मिन गुरुङ्ग विक्रम सिंह, कृष्णपुर नगरपालिका खकेन्द्र वोहरा, विष्णु भट्ट् र शुक्लाफाँटा नगरपालिका एकेन्द्र सुनार, गगन बहादुर ऐर, वालकृष्ण राना, जय बहादुर ऐर, शुवर्ण विष्ट, हरिष जोशी विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर मिन बहादुर ठकुल्ला रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । कानुन बमोजिम कार्बाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds