सुडाबाट जंगलि बदेल काटिरहेको अवस्थामा दुई शिकारी

कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका जंगली जनावर (बदेल) काटिरहेको अवस्थामा दुई शिकारी पक्राउ परेका छन् । शुक्रबार बिहान बेदकोट नगरपालिका ७ सुडाबाट जंगली बदेल काटिरहेको अवस्थामा शिकारी पक्राउ परेका हुन् । डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले जंगलबाट बदेल मारेर मासुका लागि काटिरहेको अवस्थामा मासु बरामद सहित दुई जनालाई नियन्त्रणमा लिएकोछ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बदेल कटिङ्ग गरिरहेकै अवस्थमा मासु, तराजु र ग्याँस बरामद गरिएको बताए । ‘वन र निकुञ्जको टोली पुग्दा दुई जना रहेछन, ‘सुचना अधिकारी अवस्थीले भने, ‘बदेल पोलेको रहेछ, आधा काटेको थियो, त्यही अवस्थामा पक्राउ गरियो ।’ पक्राउ पर्नेमा बेदकोट नगरपालिका ७ सुडाका ज्ञानेन्द्र पाण्डे र पुष्कर विष्ट रहेका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । ‘पक्राउ परेका दुवै जनाको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरेका छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘फेला परेको बदेलको समेत मासु परीक्षणका लागि नमुना पठाएका छौँ ।’ जंगली जनावर बदेल मारेर काटेर खाने प्रयोजनका लागि भएकाले सोही बमोजिम मुद्दा अघि बढाईने वनले तयारी गरेको छ ।

वन्यजन्तु संरक्षण ऐन अनुसारै उनीहरुमाथि कार्बाही हुने छ । घटनामा संलग्न थप विषयमा अनुसन्धान गरिने जनाएको छ । यस्तै बेदकोट नगरपालिका ७ बसन्तपुरबाटै दुई दिन अघि म१च ३०१नम्बरको महाभारत टे«ड एण्ड सप्लायर्स लेखेको जिपमा फ्टका बनाएर काठ तस्करी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरि वनमा बुझाएको थियो । डिभिजन वनका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार गाडी साहुले फल्सबटम बनाएर १५थान कडि तस्करी गरिरहेको अवस्थामा बेदकोटबाट पक्राउ गरि वनलाई बुझाएको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका ५का घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका ८का मोहन बोहरालाई समेत पक्राउ गरिएको छ । लकडाउन यता कञ्चनपुरमा वन, वन्यजन्तु चोरी तस्करी भईरहेको छ । नयाँ नयाँ तरिकाले तस्करी भईरहेपनि सरकारी निकायबाट नियन्त्रणका लागि प्रयास जारी रहेका छन् । कञ्चनपुरका संरक्षाकर्मीले वन र पर्यावरणमा दोहर गिद्दे नजर लगाउने शिकारी तस्करमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन् । कुनैपनि हिसाबले उनीहरुले गैर कानुनी काम मात्र नभई जैविक विविधता गरि सिङ्गो मानव समाजप्रति खेलवार्ड गरेको बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds