अपाङ्गताको सहारा बन्दै नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर

कञ्चनपुर  
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड- १९ को बेला थला परेका अपाङ्गता भएका व्यक्ति लाई नेपाल महिला अपाङ्ग संघ कञ्चनपुर सहारा बन्दै गएको छ। जिल्लाका विभिन्न पालिकाहरु मा रहेका अपाङ्गता भएका व्यक्तिहरु लाई व्यावसायिक गतिविधिमा विशेष जोड दिई उहाँहरु लाई उत्प्रेरित गराउने उद्देश्यका साथ सिबिएम को आर्थिक सहयोगमा संचालित सक्षम महिला परियोजना अन्तर्गत बिउपुजी वितरण गरिएको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका कार्यक्रम संयोजक पुजा पन्तले बताउनु भयो।
जिल्ला दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा न. ८ मा रहेका तीन जना र वडा न.१ का दुई व्यक्तिलाई बीउ पुजी स्वरुप कुखुरा पालन, बाख्रा पालन र किराना पसल व्यवसाय गर्नका लागि र महामारीको बेलामा आर्थिक अर्थतन्त्र खसकिदै गएको यो विषम परिस्थितिमा रोजगारी तर्फ उन्मुख गराउनका लागि विभिन्न स्वावलम्बन समुहका सदस्यहरु लाई जिबिकोपार्जन तथा सशक्तीकरण गर्नका लागि पुनर्वास नगरपालिका वडा न.८ का वडा अध्यक्ष राना श्रवण र नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष अनिता ढुंगाना लगायतले माग अनुसार व्यवसायमा टेवा पुग्ने गरि वस्तु तथा सेवा वितरण गरिएको प्रयोजनका सामुदायिक परिचालिका जयन्ती रानाले बताइन् ।
यसरी उक्त संस्थाले अपंगता भएका क्षेत्रका व्यक्तिहरुको लागि विशेष स्वरोजगार मुलक कार्यक्रम मार्फत उनी हरुको सामाजिक तथा आर्थिक उपार्जन माथी उकास्न अतुलनीय भुमिका खेल्दै आएको छ।

ताजा समाचार

This will close in 10 seconds