कञ्चनपुर
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीले गुनासा र आरोपको खोईरो लगाएका छन् । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीले चियापानी नदिदा काम नहुने र ढिलासुस्ती घण्टौँ लाईन लाग्दा पनि पालो नपाईने दुखेसो पोखेका छन् । पहुँच, शक्ति, नातागोता, चिनजानका आधारमा सेवाग्राहीको व्यवहार हुने गरेको समेत दुखेसो पोका छन् । कोरोना कहरका बेला बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका उद्यम गर्न चहने युवालाई बिना धित्तो सहुलियतामा ऋण उपलब्ध सरकारको नीति अनुसार कञ्चनपुरका अधिकाँस युवा अहिले घरेलुमा उद्योग दर्ताका लागि आईरहेका छन् । विगतका बर्षका तुलनामा यस बर्षको पहिलो चौमासिकमै कार्यालयमा सेवाग्राहीको भिड लागेकोछ । तर, सेवाग्राहीले राम्रोसग सेवा नपाएको गुनासो पोखेका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
समान्य फाईल अपुग हुँदा पनि कसैको काम गर्ने कसैको नगर्ने परिपार्टी देखिएको बताएका छन् । कर्मचारीले चिनजाँन पहुँचका भरमा अरुलाई कानुनको विषय बताउने आफ्नालाई कानुन नलगाउने समेत गरेको गुनासो पोखेका हुन् । कृष्णपुर नगरपालिका ३ देखतभूलीका युवा शंकर विष्टले आफ्नो कामका लागि घरेलु कार्यालयले यो पुगेन, सो पुगेन भनेर अल्झाईरहेको बताए । ‘म विदेशबाट फर्किएको छु, ‘उनले भने, ‘विदेशबाट फर्किएलाई सहुलियता व्यवसाय गर्न ऋण दिने योजना अनुरुप स्थानीय सरकारमा व्यवसाय दर्ता गरे ।’ स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर बैंकबाट ऋणका लागि घरेलु कार्यालयमा समेत उद्योग दर्ता भएको प्रमाण पत्र मागेपछि उद्योग कार्यालयमा उद्योग दर्ताका लागि गएपनि कार्यालयले लालपुर्जा नभएको भन्दै दर्ता नगरिदिएको बताए । ‘हामीले उद्योग संचालन गर्ने जमिनको लालपुर्जा छैन, ‘उनले भने, ‘के लालपुर्जा नहुँदा हामीले व्यवसाय नै गर्न नपाउने हो त ।’ उद्योग संचालनका लागि आफ्नो नापी भएको जमिन भएको बताउदै यस अघि घरेलु तथा उद्योग कार्यालयमा लालपुर्जा बिनै उद्योग दर्ता भएपनि हाल नगरिदिएको बताए । ‘यस अघि हाम्रै गाँउका कित्ताकार्ट भएका जमिनमा उद्योग दर्ता भएका छन, ‘उनले भने, ‘आज आएर मेरो उद्योग किन ? दर्ता भएन, के मैले कर्मचारीलाई घुस नदिएकाले हो ।’ कोरोना कहरले बिदेशमा रोजगारी गुमाएका युवाका लागि सरकारले ल्याएको योजना कर्मचारी बाधक कि ? कानुन भन्दै उनले प्रशन गरे ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
०५४ सालमा चन्दंसिह कुँवरको नाममा सरकारले ३४ नम्मर कित्ताकार्डमा १२ कट्टा जमिन दिएको थियो । शकरले त्यही जमिनमा उद्योग दर्ता गर्न चाहेका थिए । तर, घरेलुले लालपुर्जा ल्याउ भन्दै अडकाएको छ । दोधाराका पदम मगरले लाईन लाग्दा समेत तपाईको पालो सकिएको भन्दै फाईल नै बुझन नमानेको दुखेसो पोखे । ‘उतिटाडाबाट आएको छु, ‘समान्य नविकरणका लागि दुई दिन लाग्यो ।’ उनले पनि चियापानी खर्च नदिदा कर्मचारीले काम नगरिदिएको आरोप लगाए । दैजीका महेश भट्टले कृषि उद्योगका लागि आएको बताउदै उनले कर्मचारीले यो पुगेन सो पुगेन भनेर आलटाल गरिएको बताए । ‘यस अघि लालपुर्जा नभएका जमिनमा समेत उद्योग दर्ता भएका छन, ‘उनले भने, ‘आज आएर किन हामीसंग लालपुर्जा मागियो ।’ रकम, शक्ति, पहुँचका भरमा नहुने काम हुने गरेको र निमुखा पहुँच नभएकाको हुने काममा पनि अनेकन बाधा अडचन खडा गरेको गुनासो छ ।
अधिकाँस सेवाग्राहीले केही कर्मचारीले सेवाग्राहीसंग नम्र भन्दा आक्र्रोसित हिसाबले बोल्ने गरेको, बोल्दा पनि पैशा लाग्ने जस्तो गरेको दुखेसो पोखेका छन् । तर, कुन कर्मचारीले यस्तो त्रसित हिसाबले कुराकानी गरेको मास्क लगाएकाले पहिचानमा समस्या भएको बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका प्रमुख मोहन जोशीले कार्यालय भित्र कर्मचारीले कुनैपनि सेवाग्राहीबाट चियापानी खर्च मागेको आरोप पूर्ण निराधार भएको बताए । ‘म आफै सुशासन गर्न चाहन्छु, ‘उनले भने, ‘कार्यालय भित्र अनावश्यक सेवाग्राहीलाई दुख दिने कुरै भएन, कसै बिचौलियाले बाहिर मागेको भए हामीलाई थाहा हुँदैन ।’ उद्योग दर्ताका लागि लालपुर्जा अनिवार्य चाहिने बताउदै कार्यालय प्रमुख जोशीले पैशाको विषय निराधार भएको र समयमै सेवा नपाएको गुनासो भने पक्कै आउने गरेको बताए । कर्मचारी अभावका कारण पनि कार्यालयमा केही ढिलासुस्ती हुने गरेको बताउदै उनले विगतमा के भयो, के भएन, तर मेरो कार्यकालमा गैर कानुनी काम नभएको दावि गरे । ‘लालपुर्जा बिनै उद्योग दर्ताका लागि कानुनी व्यवस्था भए हामीले दर्ता नगरिदिने कुरै भएन, ‘उनले भने, ‘यसका लागि पटक पटक कार्यालयका तर्फबाट कुरा उठाँउदा समेत कुनै सुनुवाई भएन् ।’उनका अनुसार दैनिक ४० देखि ६० सेवाग्राही आउने गरेका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)