उपद्रोप अपराधिक मुद्दाको फैसला कञ्चनपुरका विप्लवका आठ नेता कार्यकर्ता निर्दोष ठहर

कञ्चनपुर

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) कञ्चनपुरका १८ जना नेता कार्यकर्ता बिरुद्ध दायर भएको उपद्रोप अपराधिक मुद्दाको फैसला भएको छ । झण्डै १८ महिनामा जिल्ला आदालत कञ्चनपुरले उपद्रोप अपराधिक मुद्दाको फैसला गरेको हो । उपद्रोप अपराधिक मुद्दा लागेका ८ जना नेकपा विप्लव कञ्चनपुरका नेता कार्यकर्ताले सफाई पाएका छन् । उनीहरु घटनामा संलग्न नभएको निर्दोष ठहर गरेको छ ।

कञ्चनपुर जिल्ला आदालतका न्यायाधिश शिवलाल पााण्डेयको एकल इजलासले सोमबार गरेको फैसलाबाट ८ जनाले सफाई पाएका हुन् । जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माले आदालतमा उपस्थित भएका व्यक्तिहरुमाथि अभियोग दावि नपुग्ने देखिएकाले उनीहरुले सफाई पाएको बताए । श्रेस्तेदार शर्माका अनुसार लक्ष्मण बडूवाल, रामदत्त भट्ट, रघुबिर जोशी, मान बहादुर विष्ट, देविदत्त पाण्डेय, भुवन कुँवर, प्रकास जप्रेल र बन्धन चौधरीले सफाई पाएका हुन् । भने बाँकी १० जनाको हकमा भने आदालतले मुतबीमा राखेको छ । श्रेस्तेदार शर्माले आदालतमा उपस्थिति भएकाहरु बिरुद्ध दायर भएको अभियोग ठहर नहुँदा उनीहरु निर्दोष देखिएको बताउदै बाँकी अनुपस्थिति भएको हमका उपस्थिति भएको दिनदेखि मुद्दा कार्यान्वयनमा जाने बताए ।

थुनछेक बहसको आदेशले मान बहादुर विष्टबाट ५० हजार, रामदत्त भट्ट, लक्ष्मण बडूवाल र रघुबिर जोशीबाट जनही ३० हजारका दरले धरौटी लिएको थियो । आदालतको फैसला स्वागतयोग्य र ढिलै भएपनि उनीहरुले न्याय पाएको बताएका छन् । आफुहरु घटनामा संलग्न नभएको बताउदै रामदत्त भट्टले झुट्टा मुद्दा झुट्टा भएको प्रमाणित भएको बताए । ‘संलग्न नभएका व्यक्तिमाथि लगाएको आरोप झुटा थियो, ‘उनले भने, ‘त्यही भएर आदालतबाट समेत हामीहरु निर्दोष ठहर भएका छौँ ।’ अज्ञात समुहले ०७५ चैत्र फागुनतिर कृष्णपुर, बेदकोट र शुक्लफाँटा नगरपालिका क्षेत्रमा एक एनसेलको टावर, स्काभेटर र क्रसर उद्योगको स्काभेटर आगजनी गरेको आरोपमा नेकपा विप्लवका नेता कार्यकर्तामाथि मुद्दा लगाईएको थियो । कोरोना कहरका कारण उक्त मुद्दा फैसला हुन ढिलाई भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds