तीन बर्ष पछि गडविजला तालको सीमा विवाद टुङ्गियो

कञ्चनपुर

तीन बर्षदेखि कञ्चनपुरका दुई स्थानीय तहविच देखिएको गड्विजला तालको सीमा विवाद टुङ्गिएको छ । कृष्णपुर नगरपालिका र लालझाडी गाँउपालिकाविच गड्बिजला तालको विवाद टुङ्गिएको हो । कृष्णपुर नगरपालिका २ र लालझाडी गाँउपालिका ५ क्षेत्रमा रहेको तालको सीमाङकनको विवाद थियो । दुवै पालिकाले ताल आ–आफ्नो भूगोल भित्र पर्ने भन्दै विवाद झिकेका थिए । ०७४ सालमा स्थानीय सरकार गठन भएसंगै विवाद चुलिएको थियो । ‘तीन बर्ष पछि विवाद टुङ्गो लागेको छ, ‘जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले भने, ‘दुवै पालिकाविच सीमाङ्गनको विवाद हुँदा उपभोग बिहिन भएको थियो ।’ जिसस प्रमुख तामाङ्गले दुवै पालिका प्रमुख, सहित जनप्रतिनिधी सम्वाद समुह सहितका सरोकारवालाको उपस्थितिमा सीमा विवाद टुङ्गो लगाईएको बताए ।

स्थानीय तह सीमा विभाजन भौगोलिक नक्सा बमोजिम तालको सीमा एकिन गर्न प्राविधिक र कानुनी समस्या रहेकाले दुवै पालिकाले प्रदेश सभा तथा संघीय सरकारमा पहल गरि दिर्घकालिन समस्याको खोजि गर्दै संरक्षर््ाण सम्र्बद्धनका लागि दुवै पालिकाले पहल गर्ने सहमती जनाएका छन् । ‘आन्तरिक राजस्व परिचालन उभोगका लागि कृष्णपुर नगरपालिकाले ६० र लालझाडी गाँउपालिकाले ४० प्रतिशत उपभोग गर्ने सहमती भएको छ । चालु आर्थिक बर्ष २०७७/०७८मा आन्तरिक आम्दानीका लागि संयुक्त टेण्डर आब्हान गर्ने सहमती भएको थियो । यस अघि उक्त तालमा माछा मार्नका लागि तत्तकालिन जिल्ला विकास समिति मार्फत लाखौँको टेण्डर हुँदै आएको थियो । स्थानीय सरकार गठन भएसंगै विवाद उत्पन्न भएपछि तीन बर्ष कुनै ठेक्का नभएको जिसस प्रमुख तामाङ्गले बताए । ‘यस बर्षदेखि तालको विवाद टुङ्गो लागेको छ, ‘जिसस प्रमुख तामाङ्गले भने, ‘अब दुवै पालिकाको आन्तरिक आम्दानी हुन्छ, ।’ सीमाको विषयमा दुवै पालिकाविच विवाद हुँदा भएको प्राकृतिक स्रोत साधनको सदुपयोग भएको थिएन् । सम्वाद समुहको पहलमा टुङगिएको विवादसंगै अब कञ्चनपुरको स्रोत साधन सदुपयोग हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार