कञ्चनपुर
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका केही जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा फर्जी(नक्कली) विद्यालय बेचबिखन प्रकरणमा अख्तियारमा समेत उजुरी परेको छ । तत्तकालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिई शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भएको तर, संचालनमा नआएको फर्जी विद्यालय बेलौरीका केही व्यक्तिलाई १५ लाखमा बिक्रि वितरण गरेको प्रकरणमा अख्तियारमा समेत उजुरी परेको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
संलग्न कर्मचारीमाथि कार्बाहीको माग अघि सारेर बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी गरेको छ । शिक्षा क्षेत्रमा बेथिति पीडित भन्दै बेनामी उजुरी परेको हो । खप्तड सहित शुक्लाफाँटा नगरपालिकाबाट पुर्नवास नगरपालिका १०मा ठाँउसारी भएको विद्यालय बारे समेत छानबिनको माग अघि सारिएको छ । शक्ति, पदका पहुँचमा निजी विद्यालय बेचबिखन गरेर शैक्षिक क्षेत्रमा तहसनहस बनाउने जुनसुकै कर्मचारी, जनप्रतिनिधी माथि कार्बाहीको माग अघि सारिएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
शुक्लाफाँटा नगरपालिकाले मेयर दिल बहादुर ऐरलाई आममाफि र शिक्षा शाखा प्रमुखलाई टिकेन्द्र राज भट्टलाई कार्बाहीका लागि सिफारिस गरेको थियो । निजी विद्यालय बेचबिखन प्रकरणमा देखिएका दोषि उपर कार्बाहीको माग पटक पटक उठ्दै आएको छ । आएको उजुरीमाथि छानबिन भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)