संसद धामीको पहलमा क्षेत्र नम्बर २ का तीनै स्थानीय तहमा पाँच बेडका कोरोना अस्पताल संचालन हुने


कञ्चनपुर

संसद नर बहादुर धामीको पहलमा कञ्चनपुर क्षेत्र नम्बर २ का तीनै स्थानीय तहमा पाँच बेडको कोरोना अस्पताल निर्माण हुने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि संसद धामीको पहलमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर तीनै स्थानीय तहमा एक एक पाँच बेडको कोरोना अस्पताल निर्माण हुने भएको हो । प्रतिनिधी सभा सदस्य संसद धामीका स्वकीय सकिय अर्जुन भट्टले कोरोना महामारी रोकथामका लागि १० लाखका दरले पाँच बेड निर्माणका लागि पहल थालिएको बताए ।

‘तीनै तहमा स्वास्थ्य चौकी भएपनि, तिव्र रुपमा बढिरहेको कोरोना रोकथामका लागि संसद ज्यूले पहल थालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्थानीय तहमा पाँच पाच बेडको अस्पताल बनाईने छ, ‘स्वकीय सचिव भट्टले भने, ‘अब स्थानीय तहले यो प्रकृया अघि बढाउनुपर्छ ।’ कोरोना रोकथामका लागि संसद धामीले आफ्नो निर्वाचन क्षेत्रमा खेलेको भूमिकाप्रति जनप्रतिनिधी, नागरिक, दल लगायत आम नागरिक हर्षित भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds