सरकारी मोटरसाईकल चोरीमा दुई युवक पक्राउ

कञ्चनपुर
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडा सदस्य घरबाट सरकारी मोटरसाईकल चोरीमा दुई युवक पक्राउ परेका छन् ।नगरपालिकाले न्यायिक समितिको कामकाजका लागी खरिद गरेको मोटर साइकल न्यायिक समितिका सदस्य समेत रहेका उत्तरदेव भट्टले प्रयोग गर्न दिएको वजाज कम्पनीको एनएस १६० सिसिको अनटेष्ट मोटरसाईकल शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुर टोल मा रहेको घरको कम्पाउण्डबाटै भाद्र २८ गते राती चोरी भएको होे ।बेलडाँडी गाउँपालिका वडा न ३ खैरिघाट नजिक आवतजावत गर्ने क्रममा भाद्र २९ गते राती ८:३० बजे दुई जना युवक र मोटरसाइकल सहित बेलडाँडी ईलाका प्रहरी कार्यालयले पक्राउ गरि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलडाँडिका प्रहरी निरीक्षक राजेन्द्र सिंहले बताउनु भो।
उनका अनुसार पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका वडा न.१ का १९ वर्षीय सुरेन्द्र रावल र नरेन्द्र बम रहेका छन। थप अनुसन्धानका लागि जिल्लामा म्याद थपका लागि पठाएका छौँ त्यसपछि सोधपुछ गरि घटनाको सत्य तथ्य थाहा हुने छ। अहिले सामन्य सोधपुछ गर्दा आफुहरु ले मोटरसाइकल किनेको भन्नमा आएको र थप अनुसन्धान गरि कानुनी प्रक्रिया अनुसार अगाडि जाने छौँ । प्रहरी निरीक्षक राजेन्द्र सिंहले बताउनु भएको छ।
नगरपालिकाले न्यायिक समितिकको कार्यालय प्रयोजनको लागि असार ३० गते मोटरसाईकल उपलब्ध गराएको थियो । मोटरसाइकल घरको बरन्डा बाट ह्यानडल लक गरेर राखेको भएपनि चोरी भएको र अहिले बेलडाँडिमा फेला परेको भनी बेलडाडी इलाका प्रहारी कार्यालय बाट फोन गरि जानकारी भएको छ स्थानीय चोरहरु को संलग्नता रहेर नै त्यो ठाउँमा एका रातारात मोटरसाइकल पुगेको हुनु पर्ने र अब सबैको खोज नीति गरेर कानुनी प्रक्रिया अनुसार अगाडि बढ्नु पर्ने हो। वडासदस्य भट्टले बताए ।सरकारी मोटरसाईकल चोरी भएको जानकारी पाएपछि खोजी कार्य भैरहेको हुँदा पनि बेलडाँडी क्षेत्रमा पक्राउ गरेको खबर आएको र अब त्यो बाइक लाई झलारी ल्याउने कार्यलाई अगाडि बढाएका छौ, यसको लागि इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक राम प्रसाद अवस्थीले बताए ।
विश्वव्यापी रुपममा फैलिएको महामारी “कोभिड -१९ ” कोरोना भाइरसको विषम परिस्थितिमा दिनप्रतिदिन अपराधी क्रियाकलाप समाजमा बढ्दै जादा अब थप सुरक्षाको आगि के कतिको कदम अगाडी बढाउला र सम्बन्धित निकायले ? समाजमा बलात्कार घटनाले लगायत अनैतिक क्रियाकलाप बढ्दै गएका छन् ।

ताजा समाचार

This will close in 10 seconds