डिसी युथ नेटवर्कद्धारा माहाकालीका ५ जना अतिबिपन्न परिवारलाई राहत

दोधारा

डिसी युथ नेटवर्क माहाकालीले माहाकाली नगरपालिका ५ घर परिवारलाई आज राहत बितरण गरेको छ् । माहाकाली नगरपालिकाका गरिब तथा अतिबिपन्न घरपरिवारको घर छनौट गरि राहत बितरण गरिएको डिसी युथ नेटवर्क माहाकालीले जनाएको छ् । माहाकाली नगरपालिका वडा नं. ७ निवासी र हाल आएर बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेका रुक बहादुर बुढाथोकीले डिसी नेटलाई रु. ५ हजार रकम पठाएपछि राहत बितरण गरिएको हो । माहाकाली नगरपालिका वडा नं. ६ निवासी बिरमता दमाई, निलु गुरुङ्ग, आशा गुरुङ्ग, वडा नं. ४ निवासी अफिलला दमाई, वडा नं. ९ निवासी धलु रावतलाई राहत बितरण गरिएको डिसी युथ नेटवर्क माहाकालीका सचिव बिनोद चौधरीले बताएका छन् ।

प्रत्येक घरपरिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ पिस टुथपेष्ट, २ पिस डिटोल साबुन उनिहरुको घरमा पुगी बितरण गरिएको हो । कोभिड १९ को महामारीको बेला रोजगारी गुमेपछि उनिहरुमा खाद्यान्न को अभाव श्रजना भएको बताउदै डिसी युथ नेटवर्क माहाकालीले मलेशियाबाट रुक बहादुर बुढाथोकीले पठाएको रकम बराबरको राहत खरिद गर बितरण गरिएको डिसी युथ नेटवर्क माहाकालीका संयोजक जिवन धामीले बताएका छन् । प्राप्त राहतले आफ्नो जहान परिवारलाई निकै समस्या हल भएको बिरमता दमाईले बताएका छन् । मलेशियामा रोजगारकिो सिलसिलामा रहदै आएका रुक बहादुर बुढा थोकीले माहाकाली नगरपालिकामा रहेका अतिबपिन्न तथा गरिब परिवारलाई पठाएको रकमले उनिहरुमा खुशी छाएको छ् ।

‘केही दिनको लागी भएपनि छाक टार्न सहज हुने भयो’ बिरमता दमाईले भने– ‘मलेशियामा रहनुभएको रुकजीलाई धन्यबाद भनिदिनु होला ।’ कोरोना भाईरस संक्रमणलाई रोक्न सरकारले लकडाउन गरेपछि गरिखाने बर्गमा निकै समस्यामा पर्दै आएको छ् । भारतमा गएर ज्यालामजुरी गरि घरपरिवारलाई बिहान र सा“झ के खाने भन्ने चिन्ताले सताएको अवस्था छ् । डिसी युथ नेटवर्क माहाकालीले अभियान संचालन गरि लकडाउनको कारण खाद्यान्नको मारमा परेको परिवारलाई दाताहरुबाट जोहो गरि बिगत केही दिन देखी राहत बितरण गर्दै आएको छ् । राहत बितरण कार्यक्रममा डिसी युथ नेटवर्कका पदाधिकारी मन कुमारी बुढा, जिवन धामी, बिनोद चौधरी, मनोज भाट, भक्त बहादुर रावत लगाएत उपस्थिती रहेका थिए ।

ताजा समाचार