दोधाराको बादी बस्तीमा भोककै चिन्ता

दोधारा

दोधाराको बादी बस्तीमा नयाँ मान्छे देखेपछि क्षणभरमै जमघट भयो । ती मध्येकी पुजा बादीले भनिन्, ‘रासन (खाद्यान्न) दिने मान्छे आए भनेको त पत्रकार पो हुनुहुदो रहेछ ।’ निआउरो अनुहारमा बोलिनन पुजा । उनका श्रीमान बिनोद बादी भने पुजा जस्तो निराश भएनन्, बरु खुसी देखिए । ‘भोकभोकै मर्न लागियो, अब यो कुरा कसलाई कसरी भन्नु ?,’ बिनोद बादीले भने, ‘यस्तो बेला पनि के–कस्तो छ भनेर सोध्न नआउने सरकार हामीलाई कहिले काम लाग्छ ?’ माहाकाली नगरपालिका वडा नं. ६ महाकाली नदी स्थित एक सामुदायिक बनमा अवस्थित बादी बस्ती ‘लकडाउन’ ले नराम्ररी थला परेको छ् ।

मादल बनाएर र माहाकालीका बस्ती भरी माँगी हिडेर जीविकोपार्जन गर्ने उनीहरु संग न खाद्यान्न छ, न त किन्नलाई पैसानै । ‘सबै तिर कोरोनाको चिन्ता छ, हामी भने रोगले भन्दा भोकले मर्ने भयौं भन्ने चिन्तामा छौं,’ बिनोद बादीलृे भने, ‘काम नभएर घरमै बस्दा झन् भोक लाग्दो रहेछ, अब त एक गेडो चामल छैन ।’ भारत गएर ज्याला मजुरी गर्ने बिनोदको दिनचर्या घरमै बसेर बितेको छ् । कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर रित्तो हात घर फर्केका बिनोद कहिकतै काम नपाएर दिन काट्न बाध्यभएको बताउछन् । बस्तीमा खाद्यान्न लगायत अन्य सामान पसल भएपनि बादी समुदायहरुलाई उधार दिन मान्दैनन् । ‘पहिले त सामान उधारोमा लिन्थ्यौं, श्रीमानहरुले भारतबाट कमाएर पठाउनुहुन्थ्यो पैसा तिर्ने गर्थ्यौं,’ पुजा बादीले भनिन्, ‘अहिले उधारो दिनुपर्छ भनेर कुरै सुन्न चाहान्नान् ।’ उजाड महाकाली नदीको नजिक सामुदायिक बन नजिक भोक मार्ने अरु उपाय पनि छैन । ‘नजिकै महाकाली नदीमा त जता हेर्दा पनि बालुवा बाहेक केही देखिन्न,’ उनले भनिन् । चामल सकिएपछि छरछिमेकमा ऐंचो पैंचो गरेर काम चलाउने गरिएको उनले बताईन् । बादी बस्तीमा कतिपय परिवार त एकछाके खाने अवस्थामा पुगेको उनको भनाइ छ ।

लकडाउन भए पनि सरकारका मान्छे र अन्य सहयोगी दाता एक पटक सोध्न सम्म नआउदा माहाकाली नगरपालिकाको बादी बस्तीका मन नराम्ररी कुँडिएको छ् । सहरी क्षेत्रका मजदुरलाई राहत बाडेर सामाजिक सञ्जालमा फोटो हाल्ने लहर चलेको देख्दा झन् पीडा हुने गरेको उनिहरुको भनाई रहेको छ् । ‘१५ मिनेटको दुरीमा घर दैलोको सरकार नगरपालिका छ, प्रदेश सरकार पनि यही छ,’ पुजाले भने, ‘यी सरकारले त देखेनन्, अरु सहयोगी मनहरुको ध्यान पनि पुगेन ।’ माहाकाली नगरपालिका कार्यालयको आडैमा रहेको बादी बस्तीमा केही दिन अघि माहाकाली नगरपालिका र स्थानियहरुले ब्यक्तीगतरुपमा समेत राहत दिएका हुन् । तर ठुलो जहानले गर्दा उनिहरुले पाएको राहत केही दिनमै सक्कियो । गा“उ घरमा माग्न जादा समेत कोरोना सर्छ भन्दै खाद्यान्न दिन नमान्ने भएपछि दोधाराको बादी बस्तीमा भोकमरी छाउन थालेको हो । भारतमा काम गरि कामाउने श्रीमान तथा छोराहरु लकडाउनले घरमा बस्न बाध्य भएको कारण बादी बस्तीमा चुल्हो जलाउन हम्मे हम्मे परेको उनिहरु बताउछन् ।

नेपाल–भारत सिमा खुल्ने बित्तिकै जहान परिवार लिएर भारत छिर्ने तयारीमा रहेको बादी बस्ती छ् । कोरोना भाइरसको कारण भारतबाट कमाउन र माहाकालीका बस्तीमा दिनभरी चहारेर खाद्यान्न संकलन कार्य ठप्प भएपछि उनिहरुले एक छाके खानाको भरमा बस्नु परेको बादी बस्तीको भनाई रहेको छ् । बस्तीमा औषधी र मास्क पनि नपुगेको उनिहरु बताउछन् ‘हुन त अहिले सम्म बस्तीमा कोही नया“ मान्छे आएको छैन, तैपनि यो रोग कस्तो हो, कसरी बच्ने भन्ने हामीलाई जानकारी दिनुपर्ने नि,’ बादी बस्तीका स्थानियहरु भन्छन् । नदीको छेउ, सामुदायिक बनको नजिक मच्छर र सर्पको त्रासमा जिउदै आएका उनिहरुमा असहज पिडा प्रष्ट देखिन्छ् ।

ताजा समाचार