पुर्व आर्मीलाई पेन्सन लिन रोक : रोजगारीको लागी लुकीछिपी भारत पस्न थाले

दोधारा 

माहाकाली नगरपालिकामा रहेका भारतिय पुर्व सैनिकलाई पेन्सन लिनमा रोक लगाएको छ् । माहाकाली नगरपालिकामा रहेका पुर्व भारतिय सैनिकहरु सिमावर्ती भारतिय बजार खटिमा, बनबासा, गोरखपुरमा लगाएत स्थानहरुको पेन्सन लिदै आएका हुन् । कोरोना भाइरसको कारण उनिहरु लिदै आएको पेन्सन लिन सिमा क्षेत्रमा भारतिय प्रशासनले रोक लगाएपछि उनिहरुमा घर खर्च चलाउन समस्या पर्दै आएको उनिहरुले बताएका छन् । सिमा क्षेत्रमा प्रत्येक महिनाको ७ तारिखको भारतिय पुर्व सैनिकलाई पेन्सन लिन खुल्ला गरितापनि सिमावर्ती भारतिय बजारमा स्थानियहरुमा कोरोना भाईरस संक्रमण देखा परेपछि सिमा क्षेत्रमा पेन्सन लिन आउने भारतिय पुर्व सैनिकलाई समेत रोक लगाएको भारतिय पुर्व सैनिकहरुले बताएका छन् ।

पेन्सन लिन सिमा क्षेत्रमा रोक लगाएपछि उनिहरुलाई घर खर्च चलाउन समेत असजिलो पर्दै गएको बताएका छन् । माहाकाली नगरपालिकामा रहेको पुर्व सैनिकका एक समुहले पेन्सन लिन रोक गरेको बिषयमा पहल गर्दै आएको बताएको छ् । माहाकाली नगरपालिका क्षेत्रमा झण्डै १ सय भन्दा बढी भारतिय सेना कार्यरत पछि पेन्सन पाउदै आएको बताईएको छ् । बुढेशकालमा पेन्सनको सहाराले गुजारा चल्दै आएपनि कोरोना भाईरसको कारण सिमावर्ती बजारका बैंकहरुमा जान रोक लगाएपछि उनिहरुलाई समस्या पर्दै आएको एक भारतिय सेनाका पुर्व सैनिक सुरज थापाले बताएका छन् । यता कोरोना भाइरसको कारण रोजगारी गुमेर घर फर्केका नेपालीहरु फेरी रोजगारीको लागी भारत पस्न थालेका छन् । कोरोना भाइरसको कारण रोजगारी गुमेर घर फर्केकाहरु माहाकाली नगरपालिकाका खुला सिमामा लुकीछिपी भारत जान थालेका छन् । उनिहरु माहाकाली नगरपालिकाका खुला सिमा क्षेत्रबाट भारतिय मोटरसाईकल (मुन्द्रे यातायात) को सहाराबाट सिमा क्षेत्रबाट खटिमा बजार बाट रोजगारीको गन्तब्य स्थान सम्म जाने गरेको स्थानियहरुले बताएका छन् । सिमा क्षेत्रबाट खटिमा बजार सम्म एक जनालाई पुगाए बाफत मुन्द्रे यातायातले रु. ६ भारतिय रुपि“या लिने गरेको बाईन्छ् । घरबाट एकसरो कपडा झोलामा हालेर माहाकाली नगरपालिका क्षेत्रबाट दैनिक २०/३० जना नेपाली रोजगारीको लागी भारत छिर्ने गरेको समाचार श्रोतले बताएको छ् ।

गाँउमा रोजगार नमिल्दा दैनिक गुजारा चलाउन सकस पर्न थालेको बताउदै भारत जानुको विकल्प केही नभएको उनिहरुले बताउछन् । काँधमा झोलामा एकसरो झोला बोकेर खुला सिमा क्षेत्रबाट नेपाली सुरक्षाकर्मी र भारतिय सुरक्षाकर्मीबाट लुक्दै भारतको गुजरात हिडेका एक युवकले नेपालीमा कुनै रोजागरी नभएको कारण रोजगारीको लागी भारत जान बाध्य भएको बताए । लकडाउनको समयमा भारतको मुम्बईबाट घर आएका माहाकाली नगरपालिका वडा नं. ९ का जिवन धामी कोरोना महामारीको प्रकोप समाप्त हुने दिनको प्रतीक्षामा रहेको बताएका छन् । ‘संक्रमण कम हुने बित्तिकै पुरानै काममा भारत जाने तयारीमा छौ’ जिवनले भने । बेरोजगार भएका उनी दैनिक घर खर्च चलाउन समस्या भएको उनि बताउछन् । उनलाई कृषि क्षेत्रमा स्वरोजगार सिर्जना गर्ने सरकारको नीतिमा विश्वास छैन । ‘तरकारी र फलफूल उत्पादन गरेर मात्रै भएन । बिक्री गर्ने बजारको आभव छ’ उनी भन्छन् ।

त्यसैले कोरोना महामारीको असर कम भए फेरि भारत नै जाने उनको निधो गरेका छन् । यस्तै बिरमता दमाईको घरमा बेरोजगारीको समस्याले पिरोलिरहेकै छ् । आफ्नो श्रीमान भारतका बिभिन्न स्थानमा ज्याला मजुरी गर्दै आएको र हाल कोरोना भाइरसको कारण घर खाली हात फर्कनु परेको कारण घरमा चुल्हो जलाउन ठुलो समस्यामा परेको उनि बताउछन् । सिमा क्षेत्र अलिक खुकुलो भए संग आफु र आफ्नो परिवार भारत जाने पक्का भएको उनको भनाई छ् । अहिले उनिहरुको मनमा कोरोना संक्रमणको भय त छैन । तर, रोजगार कहा“ पाईन्छ र घर खर्चको जोहो कसरी गर्ने भन्ने पिरलो छ् । भारत किन जानु भएको भन्ने प्रश्नमा क्वारेन्टाईनमा भेटिएका प्राय ः युवाको एउटै जवाफ हुन्छ, ‘नेपालमा काम पाईएन । घर चलाउन अप्ठ्यारो भयो । कामको खोजीमा भारत गयौं ।’

ताजा समाचार

This will close in 10 seconds