बेलडाँडी वडा न.३ को खेलकुद समिति गठन, अध्यक्षमा गिरी

कञ्चनपुर

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपाली वडा न.३ मा खेलकुद समितिको अध्यक्षमा हरिश गिरि चयन भएका छन् । खेकलकुद जगतलाई मध्यनजर गर्दै युवा वर्गलाई लक्षित गर्नुका साथ बिहिवार वडा स्तरीय खेलकुद समिति गठन गरिएको खेलकुद प्रेमी कुशल खेलाडी सुरेन्द्र गिरिले जानकारी दिएका छन् । उनका अनुसार वडा स्तरीय खेलकुद समितिको अध्यक्ष पदमा सहयोगी सधै सकारात्मक र उर्जावान रहि सबैलाइ सत्कर्म उत्पेरित गर्ने र सहि बाटोमा हिड्न तत्पर गराउने एक आवाज बिहिन युवाहरुको आवाज , सम्पुर्ण युवा खेलाडी हरुको मन मस्तिष्क मा बस्न सफल होनहार युवा हरिश गिरि लाई अध्यक्ष पदको जिम्मेवारी दिएको छ।

उपाध्यक्ष दिलेन्द्र सिह, सचिब प्रबिन गिरि, सहसचिव नरेश खड्का र कोषाध्यक्षमा रमेश राना रहेका छन् । साथै सदस्यहरू क्रमश बिष्णु जोशी ,लक्ष्मी राज कोइराला ,महेश उपाध्याय , कृशन गिरी,विमल भन्डारी,गोपाल भारती, बबिन सिंह,दीपक सुनार, पुरन वलि,प्रताप चौधरी,रमेश खड्का,भीम थापा,दिनेश विष्ट,हिक्मत विष्ट,कमल नाथ ,प्रकाश चौधरी,ललित थापा र मनोज कुवँर रहेका छन् । म लगायत हाम्रो टिम लाई सर्वसहमती ले चयन गरि हामिलाइ खेलकुद बिधाको महत्त्वपूर्ण जिम्मेवारी दिदै यस व डा न ३ को खेलकुद , सामाजिक र सांस्कृतिक पक्षमा विशेष जोड दिन आफ्नो टिम सधैं युवा खेलाडी हरुलाई साथ सहयोग गर्ने र आफूहरु गर भन्दा पनि गरौँ भन्ने भावना र भोलि हैन आज गर्ने हामीले न गरे कसले गर्ने अहिले न गरे कहिले गर्ने भन्ने विचार का साथ अगाडी बढ्ने खेलप्रेमी युवाहरु माझ अध्यक्ष गिरिले प्रतिबद्धता जनाउनु भएको छ।

खेलकुद विकास समिति को टीम एक अब्बल ,कर्मठ जुझारु, भौगोलिकता लाई पनि प्राथमिकता मा राख्दै टीम बनेको र यस टीम ले आफूले सोचे अनुरुप को काम भन्दा पनि अझै राम्रो काम गर्दै खेलकुद क्षेत्रमा राम्रो फडको मार्न यस टिमका पदाधिकारीहरु को महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने मा आफू विश्वस्त भएको दक्षिणी क्षेत्र का पूर्व फुटबल र पूर्व भलिवल स्टार व डा न ३ बासी युवा रमेश गिरी र सुरेश गिरि ले जानकारी गराउनु भयो। सामाजिक परिवेशमा पछिल्लो समयमा कुनै किसिमका खेलकुद लगायतका गतिविधि ठप्प भएकाले युवा कुलतमा फस्ने गरेको निकै नै उदाहरणहरु रहेको हुदा युवालाई उत्प्रेरित गर्नका लागि खेलकुद क्षेत्र महत्त्वपूर्ण रहेको हुँदा आगामी दिनमा खेलकुद गतिविधि लाई मध्यनजर गर्दै स्थानीय तहले विशेष भुमिका खेल्नु पर्ने देखिन्छ। यो संगै सम्पुर्ण वडाहरुमा बजेट समेत विनियोजन गरिनु पर्ने देखिन्छन् ।

ताजा समाचार