कुमालको सहयोग र डिसी नेटवर्क आयोजनामा स्वास्थ्य केन्द्र दोधारालाई सहयोग

दोधारा

माहाकाली नगरपालिकामा स्थित रहेको डिसी युथ नेटवर्कले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई सहयोग गरेका छन् । आज एक कार्यक्रमको बिच माहाकाली नगरपालिका स्थित रहेको डिसी युथ नेटवर्कले २० थान कुर्सी, मास्क तथा सेनिटाईजर बितरण गरेको हो । डिसी युथ नेटवर्कको आयोजना र सामाजसेवी तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालको सहयोगमा उक्त सामग्री बितरण गरिएको डिसी युथ नेटवर्कले जनाएको छ् । कोभिड १९ देखी सामाजिक कार्यमा सक्रिय देखिदै आएका भिम कुमालले डिसी युथ नेटवर्क संग सहकार्य गरि २० थान कुर्सी, मास्क तथा सेनिटाईजर बितरण गरेको डिसी युथ नेटवर्क माहाकालीले जनाएको छ् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा आउने सेवाग्राहीमा सामाजिक दुरी कायम राख्न तथा बिरामीहरुलाई बस्न असजिलो भएको भन्दै डिसी युथ नेटवर्कको आयोजना र सामाजसेवी तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालको सहयोगमा झण्डै रु. १५ हजार रकम बराबरको कुर्सी, मास्क तथा सेनिटाईजर बितरण गरिएको डिसी युथ नेटवर्कका संयोजक जिवन धामीले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीको चाँपको कारण सामाजिक दुरी कायम नभएको गुनासो आउदै गरेको हो । प्रदेश सभा सदस्य मान बहादुर सुनाुरले डिसी युथ नेटवर्कको आयोजनामा दाता भिम कुमालले गरेको सामाजिक कार्यको प्रशंसा गरेका छन् । माहाकाली नगरपालिका क्षेत्रमा सामाजिक कार्य गर्ने उद्धेश्यले हालै गठन भएको डिसी युथ नेटवर्कले आगामी दिनहरुमा समेत राम्रो काम गर्ने आफुले अपेक्षा लिएको प्रदेस सभा सदस्य मान बहादुर सुनारले बताएका छन् ।

यस्तै माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा संचालन समितिका सदस्य ज्ञानेन्द्र बहेक क्षेत्रीले डिसी युथ नेटवर्कको कामको उच्च प्रशंसा गरेका छन् । युवाहरुले समाज परिवर्तनको लागी गरिएको यस्तो प्रयत्नको आफुहरुले उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा माहाकाली नगरपालिका संग समन्वय गरि युवाहरुले रचनात्मक कार्य गर्ने आफुहरुले अपेक्षा लिएको धारण ब्यक्त गरेका छन् । माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले भिम कुमालले कोभिड १९ को बेला देखी आफ्नो ब्यक्तीगत रकम खर्चेर गर्दै समाजको लागी गर्दै आएको अतुलनिय कार्यको माहाकाली नगरपालिकाले उनको उच्च सम्मान गरेको बताउदै डिसी युथ नेटवर्कले केही दिन देखी सामाजिक कार्यमा अग्रसर देखिदै आएको आफुहरुले देख्दै आएको बताए ।

समाज परिवर्तन गर्न युवाहरुको महत्वपुर्ण भुमिका रहदै आएको बताउदै डिसी युथ नेटवर्क माहाकालीलाई अझ सशक्त भएर सामाजिक कार्यमा अघि बढ्ने आफु आशाबादी रहेको माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् । यस्तै नेकपा माहाकाली नगर सचिव तथा सामाजसेवी भिम कुमालले सामाजिक कार्य गर्ने आफ्नो रहर रहेको बताउदै डिसी युथ नेटवर्क माहाकाली संग सहकार्य गरि प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीहरुको चाप बढ्दै गएको र उनिहरुमा सामाजिक दुरी समेत कायम समेत नभई जमिनमा बस्न बाध्य भएको कारण आफुले डिसी युथ नेटवर्क संग समन्वय गरि २० थान कुर्सी, मास्क तथा सेनिटाईजर प्रदान गरेको बताएका छन् । आफु भिमदत्त नगरपालिकामा बस्दै आएपनि आफ्नो सबै कुरा माहाकाली नगरपालिकामै रहेको हुदा आफु हुर्केको भुमीलाई आफुले नर्बिसेर सामाज सेवामा निरन्तर खटिन प्ररित हुदै आएको उनले बताए ।

हाल माहाकाली नगरपालिकाका बिभिन्न संघ संस्था संग समन्वय गरि समाजमा राम्रो काम गर्ने अवसर मिल्दै आएको सामाजसेवी भिम कुमालको भनाई रहेको छ् । डिसी युथ नेटवर्क माहाकालीले बिभिन्न दाताहरुलाई सहयोग माग्दै सामाजिक कार्यमा अग्रसर हुदै आएको डिसी युथ नेटवर्कका सदस्य मन कुमारी बुढा मगरले बताएका छन् । कुर्सी, मास्क तथा सेनिटाईजर बितरण कार्यक्रममा प्रदेश सभा सदस्य मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका संचालन समितिका सदस्य ज्ञानेन्द्र बहेक क्षत्री, दाता भिम कुमाल, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरी, डिसी युथ नेटवर्क माहाकालीका पुनम पाँण्डे, बिनोद चौधरी, मन कुमारी बुढा, जिवन धामी लगाएतको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds