सु प विश्वविद्यालय मानविकी संकायकोअनलाइन माध्यमवाट कक्षा सञ्चालन हुने

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड -१९ ले गर्दा प्रभावित भएका विश्वविद्यालयका कक्षा अब धमाधम नया प्रविधिका साथै अनलाइन माध्यम बाट पठनपाठन सुरु गरिएका छन।
विद्यार्थीको भविष्य लाई मध्यनजर गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भाद्र अन्तिम साता देखि सम्पुर्ण संकायका अनलाइन कक्षा सुरु गरिएका छन। विषम परिस्थितिको समयलाई मध्यनजर गर्दै मानविकी तथा सामाजिकशास्त्र विभाग अन्तर्गत स्नातक तह पहिलो, पाचौं र सातौं सेमेस्टरका कक्षाहरु भाद्र २५ गते बिहीबार देखि सुरु हुने विभागीय प्रमुख सह प्राध्यापक डा.हरिशचन्द्र भट्ट ले जानकारी दिनु भएको छ।
कक्षा सञ्चालनको समय श्रेणी बिहान १० बजे देखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुने हुँदा विद्यार्थीहरुले आ-आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा जुम याप डाउनलोड गरि तयारी अवस्थामा बस्न समेत र आ-आफ्नो विषय शिक्षकहरु संग सम्पर्क गर्न समेत विभागीय प्रमुखले आग्रह समेत गरेका छन् ।

ताजा समाचार