दोधारा चाँदनीमा कभर गीतको क्रेज बढ्दै

दोधारा 

दुई दशक अघि जसरी रिमिक्स गीतको बाढी आएको थियो, अहिले ठ्याक्कै त्यस्तै कभर गितको लहर छाएको छ् । माहाकाली नगर क्षेत्रमा बसोबास गर्ने युवा, युवतीहरुमा पनि कभर गितबाट अछुतो हुन सकेनन् । माहाकाली नगर क्षेत्रमा युवाहरुले निमार्ण गरेको कभर गित सुरुवातबाटै नगर क्षेत्रमा लोकप्रियता र सम्मान बटुल्यो । युट्युब अनि मोबाइल र क्यामेरा जस्ता प्रविधिले यसको लोकप्रियतालाई व्यापक बनाएका छन् । माहाकाली नगर क्षेत्रमा आकाश थापाले कभर गित निमार्ण गरेर फेसबुक र युटुबमा अपलोड गरे ।

उनले आफु संग क्यामेरा नभएको कारण मावाईलबाट सुटिङ्ग गरे । अनि सामाजिक संजालमा अपलोड गरेर रमाए । निकै प्रशंसा पाएपछि एक पछि अर्को कभर गित निमार्ण गर्न थाले । कभर गितको लागी क्यामेराको अभाव श्रजना भएको महशुस पछि उनि केही महिनाको लागी भारत पसे । भारतको कमाईबाट उनले क्यामेरा जोडे । उनि आफ्ना साथीहरु संग मिलेर कभर गित बनाउन थाले । उनले एक दर्जन भन्दा बढी माहाकाली नगर क्षेत्रको रमणिय स्थलमा छायांकन गरि सामाजिक संजालमा अपलोड गरे । उनि भन्छन्– ‘पहिलो कभर गित पछि हामी उत्साहित भयौ । अनि कभर गित बनाउन थाल्यौ’ आकाश थापाले भने ।

आकाश थापाले एक गितको भरखरै सुटिङ्ग सकेर सम्पादन कार्यमा छन् । माहाकाली नगरपालिका क्षेत्रका रमणिय स्थलहरुलाई चिनाउन तथा पर्यटकहरुलाई लोभ्याउन समेत उनिहरुको उद्धेश्य रहेको बताउछन् । ८/१० जना युवा तथा युवतीहरु सडक, पार्क, झोलुङ्गे पुलमा क्यामेर बोकर नाच्दै गरेको समय समयमा हेर्न पाईन्छ् । ‘संगै जिउने संगै मर्ने….’ गितलाई लिएर कभर गित बनाएका अर्का युवती आकृती कसेरा पनि निकै उत्साहित छन् । कभर गितको कारण आफु परिचित भएको उनि बताउछन् ।

‘सुन्यौं कि, सुनेनौं तिमीले …’ लभ डायरी मुभीको गितबाट आफुले सामाजिक संजालमा प्रशंसा पाएको बताउदै वर्षको एउटा जती कभर गित बनाउने आफ्नो ईच्छा रहेको आकृती बताउछ् । आकृतीलाई उनका आमा बाबुले समेत सघाएको कारण उनि कभर गित बनाउन झनै उत्साहित भएको उनको भनाई रहेको छ् । २ वटा कभर गित बनाएका आकृतीले चाडै अर्को कभर गितमा मोडेल बन्ने तयारीमा छन् । घरयासी कारणले कभर गित बनाउन नसकेको भन्दै अबका दिनहरुमा वर्षेनी १ अथवा २ वटा कभर गित बनाउने लक्ष्य राखेका छन् । माहाकाली नगरपालिका वडा नं. ९ निवासी शुनिल कुमार सुनुवार केही वर्ष अघि मात्रै ‘सा“च्चै बिशेष छौ तिमी‘.. ’ लिला मुभीको कभर गितमा अभिनय गरेर चर्चा बटुले । शुनिल ‘सा“च्चै बिशेष छौ तिमी‘.. पछि कभर गितमा कही कतै देखा परेनन् । आज भोली आएर ‘भनिदेउ तिम्रो बाबालाई लाहुरे आउदैछ भने…..’ लाहुरे–२ को गितको कभर गित बनाउने तयारीमा छन् ।

गितको सुटिङ्गको लागी धनगडीबाट ड्रोन क्यामेरा लगाएत क्यमेरामेन संग कुरा भईसकेको बताउदै लकडाउनको कारण सुटिङ्ग कार्य अघि बढ्न नसकेको शुनिलले बताए । ‘लकडाउन खुल्ने बित्तिकै हामे सुटिङ्ग अघि बढ्छ्’ शुलिल कुमार सुनुवारले भने । माहाकाली नगरपालिका क्षेत्रमा पनि युवाहरुले कभर सङ निमार्ण गर्नमा होड लागेका छन् । कभर गित नया“ कलाकारका लागि पहिचानको दरिलो माध्यम बनेको छ् । माहाकाली नगरपालिका पर्यटकिय सम्भावना बोकेको स्थानमा पुगेर युवाहरु सुटिङ्ग गर्दै गरेको हेर्न पाईन्छ् । माहाकाली नगर क्षेत्रमा ईन्टरनेटको सुबिधा भएपछि माहाकाली नगरपालिकाका युवा, युवतीहरुले कभर गित बनाउन होड बढेको हो । युवाहरुको टोलीले स्थानिय रमणिय स्थानलाई क्यामेरमा कैद गरि कभरगित बनाई सबैलाई नगर क्षेत्रलाई चिनाउने प्रयत्न गर्दै आएको उनिहरुको दाबी छ् ।

ताजा समाचार