नेपाल स्वयंसेवक संघ दार्चुला जिल्ला कमिटी चयन अध्यक्षमा: जोशी


कञ्चनपुर 
नेपाल स्वयंमसेवक संघ विस्तारको क्रममा दार्चुला जिल्ला कमिटी गठन भएको छ । नेपाल स्वयंमसेवक संघ सुदूरपश्चिम प्रदेशले जिल्ला कमिटी गठन गरि अध्यक्षको जिम्मेवारी जनक राज जोशी लाई दिएको छ। देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी दार्चुलाको अध्यक्ष पदमा जनक राज जोशी, उपाध्यक्ष निर्मला जोशी ,सचीव राम सिंह धामि ,सह-सचीव रिता धामि ,कोषाध्यक्ष पुर्णेश महर ,जिल्ला प्रवक्ता गणेश सिंह सामन्त, जिल्ला इन्चार्ज राजे सिहं बिष्ट लगायत सदस्यमा क्रमश अमर बोहरा, पदम खडायत, भुपेर्न्द सिंह बिष्ट, सुरन्ती महरा, कृष्ण ऎरि, हर्क सिंह धामी,जगदीश साउँद र राजु सिंह धामी लाई चयन गरिएको नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष नवीन थापाले जानकारी दिएका छन।
आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले अव नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संगठनको भूमिका उल्लेखनीय रहने छ।

Loading Viewer...

ताजा समाचार

spot_img