बिपन्न परिवारलाई राहत बाड्दै दोधारा रेडक्रस

दोधारा 

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले बैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट सहयोग संकलन गरि दोधाराका गरिब तथा अतिबिपन्न परिवारलाई राहत बितरण गरेको छ् । आज एक कार्यक्रमको बिच माहाकाली नगरपालिका वडा नं. ६ देखी १० का अतिबिपन्न तथा गरिब घरपरिवारलाई राहत बितरण गरेको हो । उपशाखाले अतिबिपन्न, असहाय तथा अपांग गरि २५ घरपरिवारलाई राहत बितरण गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । लकडाउनका कारण समस्यामा परेका अतिबिपन्न, असहाय तथा अपांग भएकाहरुलाई प्रति घरपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी ननु, १ लिटर खाने तेल र मास्क हस्तान्तरण गरेको रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् ।

कोभिड १९ को बेला रोजगारी गुमेका तथा घरमा चुल्हा जलाउन हम्मे–हम्मे परेका अतिबिपन्न परिवारलाई बैदेशिक रोजगारीमा मलेशिया रहेका तथा माहाकाली नगरपालिका वडा नं. ५ संसारी टोलमा रहेका बल बहादुर मल्लका छोरा दिपक मल्लको नेतृत्वमा मलेशियामा रहेका नेपालीहरुबाट संकलित रु. ३५ हजार ४ सय ८० रुपि“या बराबरको राहत बितरण गरेको हो । त्यस्तै उनिहरु बहेक आर्थिक समस्यामा पिल्सीदै आएका माहाकाली नगरपालिका वडा नं. ७ का जय बल धनाडी र गणेश सुनार २ घरपरिवारलाई नगद रु. ५/५ हजार उनिहरुकै घरमा गई प्रदान गरेको रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मनोज उप्रती, रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयमा संचालन भएको कार्यक्रममा उपशाखाका पदाधिकारी, स्थानियहरुको उपस्थिती रहेको थियो । रोजगारीको सिलसिलमा बिभिन्न देशमा रहेका नेपालीहरुले नेपाल रेडक्रस सोसाईटी दोधारा शाखालाई रकम पठाएपछि राहत बितरण कार्य निरन्तर जारी राखेका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखाले लकडाउनको समयमा दोधाराका गरिब तथा अतिबिपन्न परिवारजनलाई राहत बितरण कार्य अघि बढाउदै आएको हो । उक्त कार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले रेडक्रस उपशाखा दोधारालाई सघाउदै आएका छन् । कोरोना भाइरसको संक्रमणलाई लिएर लकडाउन गरेपछि उत्पन्न खाद्यान्नको समस्याले गरिब तथा अतिबिपन्नहरु निकै मारमा परेका हुन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले लकडाउनको बेला घरमा चुल्हा जलाउन हम्मे–हम्मे परेका स्थानियहरुलाई समय सापेक्ष राहत बितरण गर्दै आएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखाले दोधारामा बसोबास गर्दै आएका गरिब, अतिबिपन्न, असहाय तथा अपांग गरि अझै सम्म जम्मा १ सय ४८ भन्दा बढी घरपरिवारलाई राहत बितरण गरिसकेको छ् ।

शाखाले मलेशिया, कोरिया, दुबईमा रोजगारीको लागी रहदै आएका नेपालीहरु संग समन्वय गरि राहत संकलन गरि दोधाराका अतिबिपन्न, असहाय तथा अपांग भएकाहरुलाई राहत बितरण गर्दै आएका हो । नेपाल रेडक्रस सोसाईटी उपशाखाको तथ्यांक अनुसार मलेशियाबाट रु. ५१ ह्जार ६ सय २४, कोरियाबाट रु. ३९ हजार २ सय ९२, दुबईबाट रु. ६० हजार र आजको रकम गरि रु. १ लाख ८६ हजार ४ सय १४ रुपि“या बराबरको राहत तथा नगद गरिब तथा अतिबिपन्न परिवारजनलाई राहत बितरण गरेको छ् । कोभिढ १९ को कारण रोजगारी गुमेर समस्यामा पर्दै आएका गरिब परिवारलाई सहयोग संकलन जुटाउन बैदेशिक रोगारीमा रहेका युवाहरुलाई रेडक्रस उपशाखा दोधाराले अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापती राजेन्द्र मल्लले बैदेशिक रोगारीमा रहेका मनकारी मन भएका युवाहरुलाई पिडाको बेला मल्हम लगाउन सहयोग गरेको भन्दै सबै दाताहरुलाई धन्यबाद दिएका छन् । पिडाको बेला आफ्नो भुमीलाई सम्झेर पठाएको सहयोग गरिब परिवारको उपकार लाग्ने बताउदै पिडाको बेला नेपाल रेडक्रस सोसाईटी मानविय कार्यमा सक्रिय रहदै आएको सभापती मल्लले बताएका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले बैदिशिक रोजगारीमा रहेका तथा बिभिन्न संघ संस्था तथा ब्यक्ती संग समन्वय गरि स्थानियहरुलाई पिरमर्कामा मलहम लगाउने कार्य गरेको भन्दै परोपकारी संस्थामा उदार मन भएका कार्य समितिको कारण स्थानियहरुलाई महामारीको बेला कष्टकर जीवनयापन गर्न बिवस सबै उमेर समुहका अशक्त, अनाथ, अपाङ्ग, असहाय ब्यक्तिहरुलाई रेडक्रसले सघाउने प्रयत्न गर्दै आएको भन्दै स्थानियहरुले रेडक्रस सोसाईटी उपशाखा दोधाराको टोलीलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार